News Category 2076/08/25
मलखादको अभाव कहिलेसम्म १
खेतीको समयमा मलखादको अभाव र चर्को मुल्यमा खरीद गर्ने किसानहरुको बानी नै भइसकेको छ । हरेक वर्ष खेतीको बेला किसानहरु मलखाद पाउने की नपाउने भन्ने दोधारको बीच खेती गर्न लागिपर्छन् । मलखाद हाल्ने समयमा पुरानै रबैया मलखादको अभाव हुन्छ । तै पनि कृषकहरु जसोतसो चर्को मुल्य वा छिमेकी मुलुक भारतबाट मलखाद खरीद गरेर खेती गर्नेगर्छन् । तर, सरकारी निकायले हरेक वर्ष झै मलखादको अभाव हुँदैन, सरकारी कोटाको मलखाद बितरण गर्ने आश्वासन दिन्छ । र आफूले गरेको आश्वासप्रति सरकार अडिक रहन असफल हुन्छ । र कृषकहरु मलखादको अभावले पिरोलिदै जसोतासो खेती सम्पन्न गर्छन् अनि सरकार पनि कानमा तेल हालेर सुस्ताउँछ ।
हो, यो समस्या एक दुई वर्षको होइन् । यो समस्या दशकौंदेखी चलिआएको छ । यसको निकास बारे सरकारले हालसम्म कुनै वैकल्पिक उपाय सोचेको छैन् । मात्र उत्पादनमा हस आयो भन्दै बिलौना गर्छ । यस्तो गम्भिर विषयमा पनि सरकार सचेत हुन सकेको छैन् । सरकारले कृषकहरुलाई आवश्यक मलखाद उपलब्ध गराउन नसक्दा गुणस्तरीय उत्पादन हुन सकिरहेको छैन् । त्यसमा पनि कृषकहरु आकोश पानीमा निर्भर रहनु परेको छ । प्राय तराईमा खेती गर्ने प्रचुर सम्भावना रहँदा रहँदै पनि कृषकको समस्या बारे सरकार गम्भिर भएको देखिन्न् । । यता उचित सिंचाईको व्यवस्था समेत नहुँदा कृषकहरुलाई सिंचाईले समेत पिरोलेको छ ।
तसर्थ सम्बन्धित निकायले किसानहरुका लागि मलखाद, सिंचाई, बिउबिजन तथा आवश्यक सामग्रीहरु समयमा उपलब्ध गराई सहज रुपमा खेती गर्नेतर्फ प्रोत्साहन गर्न सक्ने वातावरण बनाउनु आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ