News Category 2076/08/25
चिलीमा सैनिक बेपत्ता, खोजी तथा उद्धारमा राष्ट्रपति पनि सहभागी
सान्टियागो, २४ मङ्सिर (रासस÷एएफपी) ।
चालक दलका सदस्यसहित ३८ जना सवार चिलीको सैनिक बिमानसँग सोमबार “रेडियो सञ्चार” सम्पर्क विच्छेद भएको सेनाले जनाएको छ । चिलीको वायुसेनाका अनुसार “अन्टार्कटिका हवाई अखडा”का लागि चिलीको दक्षिणी क्षेत्रबाट उडान भरेको केही क्षणमै विमानसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो ।
यसमा सवार व्यक्तिमध्ये १७ जना चालक दलका सदस्य र अन्य २१ यात्रु थिए । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले “निराशा” मिश्रित एक ट्विटमा आफू गृहमन्त्री गोन्जालो ब्लूमेलसँगै पुन्ता एरेनास जाने बताउनुभएको छ । त्यहाँ रक्षा मन्त्री अल्बर्टो एस्पिनासँग खोज र उद्धार अभियानको अनुगमन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति पिनेराले बताउनुभएको छ ।
वायुसेनाको विज्ञप्तिमा सी–१३० हर्कुलस बिमान स्थानीय समयअनुसार अपराह्न ४.५५ बजे पुन्ता एरिनासबाट उड्नासाथ सञ्चार सम्पर्क विच्छेद भएको जनाएको छ । वायुसेनाले साँझ ६.१३ बजे “सतर्कताको अवस्था” घोषणा गरी अरु विमान र चिली नौसेनाका जहाजका साथ खोज तथा उद्धार अभियान सुरू गरेको थियो । चार इञ्जिनयुक्त उक्त विमान राजधानी सन्तियागोबाट करिब एक हजार ८७३ किलोमिटर दक्षिणस्थित पुन्ता एरेनासबाट उडेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ