News Category 2070/11/24
हात्ती आतंक रोक्न बाणिज्य संघ र सभासद्द्वारा मन्त्रीलाई आग्रह
दैनिक संवाददाता
राजविराज, २३ फागुन ।
सप्तरीका सभासद्हरु र सप्तरी उद्योग बाणिज्य संघका पदाधिकारीहरुले वनमन्त्री महेश आचार्यलाई भेटेर सप्तरीको पुर्वी क्षेत्रमा जंगली हात्तीले मच्चाउँदै आएको आतंक रोक्न आग्रह गरेको छ ।
सप्तरीको क्षेत्र नम्बर १ का सभासद् मानपुर चौधरी, क्षेत्र नम्बर ३ का सभासद् उमेश कुमार यादव, क्षेत्र नम्बर ५ का सभासद् तेजुलाल चौधरी र क्षेत्र नम्बर ६ का सभासद् सुरेन्द्र प्रसाद यादव तथा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान सम्मिलित टोलीले वनमन्त्री आचार्यलाई भेटेर हात्ती आतंक रोक्न माग गरेको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्ती आतंकले सप्तरीको पुर्वी क्षेत्रमा आतंक मच्चाउँदै आएकोले तत्काल हात्ती आतंक रोक्न सभासद्हरु र उद्योग बाणिज्य संघको टोली वनमन्त्रीसँग आग्रह गरेको सप्तरी क्षेत्र नम्बर १ का सभासद् चौधरीले जानकारी दिनुभयो ।
आफुहरुको आग्रह पश्चात वनमन्त्री आचार्यले हात्ती आतंक रोक्न, आरक्षभित्र रहेको छाडा पशु चौपाया नियन्त्रण र आरक्ष वरपरका पुर्वी क्षेत्रको गाविसहरुमा तत्काल सोलार जडान गर्न निर्देशन दिइने आश्वासन दिनुभएको सभासद् चौधरीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ