News Category 2076/08/26
मानसिकतामा परिवर्तन आवश्यक
मानिस ठूलो जातले नभई सोचले हुन्छ । जसकारण प्रत्येक व्यक्तिले आफ्नो मानसिकतामा परिवर्तन ल्याउनु जरुरी छ । कुनै पनि व्यक्तिलाई जातका कारणले हेल्हा गर्न उचित हुँदैन । तर, अहिले पनि समाजमा जातका आधारमा मानिसलाई ठूलो सानो बनाउने गरिन्छ । यसका निम्ति निर्माण भएका कानुनको फितलो कार्यान्वयनले गर्दा समस्या ज्युँको त्युँ छ । कानुन बने पनि त्यसलाई कार्यान्वयन गर्ने निकाय फितलो देखिन्छ ।
अहिले पनि समाजमा यस्ता भेदभाव हट्न नसक्नु जातिय मानसिकताको उपज हो भन्नु कुनै दुइमत नहोला । विशेष गरि यस्ता भेदभाव आफूलाई माथिल्लो जातिको भनाउँदाहरु दलित समुदाय माथी गर्ने बढी हुने गरेको पाइएको छ । जातिय भेदभावलाई निरुत्साहित गर्न संविधानमै उल्लेख भए पनि यसप्रति अहिले पनि समाज सचेत भएको पाइन्न् । दलित अन्तरगत डोम समुदाय यसबाट बढी पीडित भएको पाइएको छ । डोम समुदायलाई शताब्दीदेखी नै तल्लो कामका लागि प्रयोग गर्दै आएको देखिन्छ । तर, सोही डोम समुदायका व्यक्तिको हातबाट बनाइएको नाङ्गगो, सुप, ढक्की जस्ता बाँसका सामाग्रिहरु छर्ठ पर्वमा नभइ नहुने सामाग्रिहरु हुन् । उक्त सामाग्रिहरु बनाउने कला डोम समुदायका व्यक्तिहरुलाई मात्र रहेको छ ।
यसरी आफूलाई चाहिएको बेला काम निकाल्ने र अरु बेला अपहेल्ना गर्ने कार्यले गर्दा तल्लो जातिहरु उपल्लो जातिको चपेटामा पर्ने गरेका छन् । सरकार तथा विभिन्न सामाजिक संघसंस्थाले समेत यस्ता बिसंगती र विकृतीलाई न्यूनिकरण गर्न निकै खर्च गर्ने गरेको पाइन्छ । तर, समस्या ज्युँ को त्युँ छ । तसर्थ यसका लागि सबै भन्दा उत्तम विकल्प सबैले आफ्नो मानसिकतामा परिवर्तन ल्याउनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ