News Category 2076/08/29
रंगशाला मर्मत गर्ने दायित्व कसको ?
राजविराजस्थित रंगशाला दिनप्रति दिन जिर्ण हुँदै गएको छ । तर सोही रंगशालाको नाममा विभिन्न कार्य गरेर फाइदा लिनेहरुको समेत कमी छैन् । रंगशालामा माटो भराई, रंगशालामा बत्ति जडान तथा खेलाडी कोठा निर्माण लगायत विभिन्न उपाय लगाई रकम कुम्ल्याउनेहरु छन् । रंगशालाको उचित मर्मत तथा व्यवस्थापन लगायतमा कसैले चासो देखाउँदैनन् । रंगशालालाई भजाएर आफ्नो स्वार्थपूर्ती गर्नेहरुको कमी छैनन् ।
यता खेलकुद विकास समितिको पूर्ण जिम्मेवारी रहेकोमा अहिले समिति आफ्ै अपांग जस्तै भएको छ । विगत दुई सय बढी दिनदेखी तालाबन्दी हुँदा तलब खाने बाहेक कुनै पनि गतिविधी भएको देखिन्न् । बारम्बार रंगशालाका लागि विभिन्न समयमा मन्त्रिदेखी डिपिआरसम्म गर्नेहरु आए त्यती मात्र नभएर त्यसको भौतिक रुपले निर्माणका लागि बजेट पनि छुट्याएको कुरा सुन्नमा आयो तर, जहाँको त्यही छ रंगशाला, बदलियो मात्र मन्त्रि र त्यसमै समाप्त भयो रंगशाला पुर्ननिर्माण वा मर्मतको कार्य ।
सप्तरी जिल्लाको पुरानो र एक मात्र सबैतर्फबाट योग्य खेलकुद तथा मञ्चिय कार्यक्रमको भूमि राजरंगशाला अहिले अविभावक बिहीन हुन पुगेको छ ।
यसप्रति खेलकुदमा चासो राख्ने अन्य निकायले समेत ध्यान दिई राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्नेतर्फ पहल गर्नुपर्ने देखिन्छ । तसर्थ रंगशालाको मर्मत सम्भारका लागि खेलकुद विकास समिती, राजनैतिक दल, बुद्धिजिवी, खेलाडी, अन्य सबै सम्बन्धित निकायहरु लगायतको कर्तव्य र दायित्व हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ