News Category 2076/08/30
बीच सडकमै हटिया बजार, व्यवस्थित गर्नेतर्फ ध्यान पुगोस्
राजविराजको अति व्यस्त सडकको छेउ र बिचमै विभिन्न बस्तुहरुको हटिया बजार लागिरहेपनि सम्बन्धीत निकायको ध्यानाकर्षण हुन पुगेको छैन् । तरकारीदेखी पशुसम्मको बिक्रि हुने केन्द्रको रुपमा विकसीत हुँदै गएको राजविराजस्थित मालपोत सडकखण्ड अहिले दिनहुँ खवरुद्ध हुन्छ । बीच सडकमै थोक तरकारी बिक्रिका लागि आएका यातायात, मालपोतमा हुने सेवाग्राहीको भिंड र उनीहरुको यातायात तथा सोमबार र बिहीबार पशुहरुको बजारका कारण सडक अवरुद्ध हुने गरेको छ ।
एक त जिर्ण बन्दै गएको सडक त्यसमा पनि बाह्ैमास हिलो तथा पानी, ठूला साना यातायात, मानिसहरुको चाप र बजार यी तिनै कारणले सो सडकखण्ड सधै ब्यस्त नै रहने गरेको छ । सडक अतिव्यस्त भएपछि अहिले पैदल हिड्ने मानिसहरुलाई कठिनाई भएको छ । प्राय गरि हटिया लाग्ने दिन सोमबार र बिहीबार कचहरी रोड यातायात भन्दा बढी पशु बेचबिखनको केन्द्र भएको छ ।
यस सम्बन्धि यहाँका ट्राफिक प्रहरीहरु पनि मुकदर्शक बनेका छन् भने सम्बन्धित निकायलाई कुनै चासो नरहेको देखिएको छ । यो समस्या कचहरी सडकको मात्र नभएको अन्य सडकहरुमा पनि पसलेहरुले आफ्नो सामान पेटीमै राखि बिक्रि बितरण गर्दै आइरहेकोले मानिसहरुलाई हिडडुलमा समस्या भएको छ । तसर्थ यसका लागि राजविराज नगरपालिकालगायत सम्बन्धीत सम्पूर्ण सरोकारवाला निकायले समस्याको समाधान निकाल्न उपाय सोच्नु आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ