News Category 2076/09/03
पत्रकार महासंघले राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नविकरण नगर्ने

दैनिक समाचारदाता
काठमाडौं, २ पुस ।
नेपाल पत्रकार महासंघले तिनै तहका निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, कर्मचारी, राजनैतिक दलका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ ।
महासंघको गत मंसिर २९ र ३० गते गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (पूर्व) नवलपुरमा भएको केन्द्रीय संगठन समितिको बैठकले सो निर्णय गरेको हो ।
सोही बैठकले पत्रकार महासंघको संगठन सुद्धीकरण अभियानलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउने भन्दै उक्त निर्णय गरेको जनाइएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, प्रकास थापा, कोषाध्यक्ष राजेश मिश्रसहितका पदाधिकारी, जिल्ला एवम् प्रदेश अध्यक्षसहितको सहभागितामा भएको भेलाले उक्त निर्णय लिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नक्कली र पेशामा नरहेका कथित पत्रकारका कारण पत्रकारितालाई नै मुल व्यवसाय बनाएर जिविकोपार्जन गर्ने श्रमजिवीको अपमान र बदनाम भएको भन्दै पछिल्लो समय गंभिर चिन्ता उठ्दै आएको सन्दर्भमा महासंघबाट यस्तो निर्णय भएको जनाइएको छ ।
महासंघको गोरखा बैठकले नयाँ सदस्यता प्राप्ति तथा सदस्यता नवीकरण सम्बन्धी पारित कार्यविधीमा आगामी पुष मसान्तसम्म शाखा मार्फत नयाँ सदस्यताको आवेदन लिई माघ १५ गतेसम्म शाखाले अनुमोदनका लागि प्रदेश समितिमा शिफारिस गरी पठाउने र प्रदेश समितिले फागुन १५ सम्म केन्द्रीय समितिमा पठाउने निर्णयसमेत भएको महासंघले जनाएको छ ।
महासंघको गत साधारण सभाबाट पारित विधानको व्यवस्था अनुसार महासंघका तिनवटै तहको निर्वाचन प्रत्यक्ष निर्वचन प्रणालीमार्फत गर्नुपर्ने भएकाले हाल कार्यरत जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरुको म्याद केन्द्रीय समितिको कार्यकाल रहेसम्म रहने निर्णयसमेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ