News Category 2076/09/04
सामाजिक संजालमा नकारात्मक बिषयमा होडबाजी ः मुख्यमन्त्री राई
चन्दनकुमार यादब
बिराटनगर, ३ पुस ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकारात्मक बिषयको खोजीमा होडबाजी चलेको बताएका छन् ।
नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशनको बिहीबार बिराटनगरमा उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गदै मुख्यमन्त्री राइले समाजमा भएका नकारात्मक वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपाटीलाई समयसँगै बदल्न आवश्यक रहेको जिकिर गरे । उनले भने, ‘समाजमा अहिलसम्म पनि असाध्यै नकारात्मकताको खोजी र खेती गर्ने प्रचलन कायम छ ।’
मुख्यमन्त्री राईले भने, ‘हामी राम्रा कुरा बुझेर पनि बुझे जस्तो गर्दैनौ, देखेर पनि देखे जस्तो गर्दैनौ, कसरी नकारात्मक कुरालाई हाइलाइट गर्ने भन्ने सोच समाजमा अहिले पनि छ । यो मानसिकता र प्रवृतिबाट हामी रुपान्तरित भएर सकारात्कमताको खोजीमा जुट्न आवश्यक छ ।’
संघीयतालाई संस्थगत गदै समाज परिवर्तनका लागि सकारात्मक वस्तुको खोजी र खेतीगर्न कुरामा मिडियाको अहम भूमिका खेल्नु पर्नेमा उनले जोड दिए । मुख्यमन्त्री राईले सबै क्षेत्रमा अहिले इमान र नैतिक मूल्य मान्यता, प्रतिवद्धता र त्यागको खाँचो रहेको बताए ।
देश समृद्धीको यात्रामा रहेको र त्यस यात्रामा हामी सरिक रहेको भन्दै मुख्यमत्री राईले हामीलाई दिएको यो अवसरलाई कहीं कतै नभुली नझुकी योगदान गर्न तयार हुनुपर्ने बताए ।
कार्यक्रममा बरिष्ठ पत्रकारद्धय मोहन भण्डारी र हर्ष सुब्बलाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । मुख्यमन्त्री राईले सम्मानितद्धय भण्डारी र राईलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ