News Category 2076/09/04
हतियार लिएर फरार प्रहरी जवानका प्रेमी पक्राउ
दैनिक समाचारदाता
जनकपुरधाम, ३ पुस ।
जनकपुर उच्च अदालतका न्यायाधीशको सुरक्षा गार्डबाट हतियार लिएर फरार व्यक्ति पक्राउ परेका छन् ।
न्ययाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्डमा खटिएकी निजी सुरक्षा अधिकारी (पीएसओ) रनिता केवटको हतियार लिएर फरार भएका उनका प्रेमी सिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी निरीक्षकको टोलीले यादवलाई हतियारसहित पक्राउ गरेको छ ।
पक्राउ परेका यादवका साथबाट एक थान चाइनिज पेस्तोल र सात राउन्ड गोली बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका १५ रामपुरबाट यादवलाई पक्राउ गरेर वडा नम्बर १२ स्थित यमुना मण्डलको गाईगोठबाट झोलामा राखिएको हतियार र गोली बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यसअघि प्रहरी जवान केवट र उनका प्रेमी सिवेन्द्र यादवबीच विवाद भएपछि प्रेमी यादवले उनको हतियार खोसेर सोमबार फरार भएका थिए ।
नवलपरासी देउडा घर भएका यादव र प्रहरी जवान केवट केही दिनदेखि सँगै जनकपुरधाम उपमहानगरपालिका ४ मा डेरा लिएर बस्दै आएकोमा सोमवार दुबैजनाबीच विवाद भएपछि यादव पेस्तोल लिएर फरार भएको श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ