News Category 2076/09/04
हतियार लिएर फरार प्रहरी जवानका प्रेमी पक्राउ
.jpg)
दैनिक समाचारदाता
जनकपुरधाम, ३ पुस ।
जनकपुर उच्च अदालतका न्यायाधीशको सुरक्षा गार्डबाट हतियार लिएर फरार व्यक्ति पक्राउ परेका छन् ।
न्ययाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्डमा खटिएकी निजी सुरक्षा अधिकारी (पीएसओ) रनिता केवटको हतियार लिएर फरार भएका उनका प्रेमी सिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी निरीक्षकको टोलीले यादवलाई हतियारसहित पक्राउ गरेको छ ।
पक्राउ परेका यादवका साथबाट एक थान चाइनिज पेस्तोल र सात राउन्ड गोली बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका १५ रामपुरबाट यादवलाई पक्राउ गरेर वडा नम्बर १२ स्थित यमुना मण्डलको गाईगोठबाट झोलामा राखिएको हतियार र गोली बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यसअघि प्रहरी जवान केवट र उनका प्रेमी सिवेन्द्र यादवबीच विवाद भएपछि प्रेमी यादवले उनको हतियार खोसेर सोमबार फरार भएका थिए ।
नवलपरासी देउडा घर भएका यादव र प्रहरी जवान केवट केही दिनदेखि सँगै जनकपुरधाम उपमहानगरपालिका ४ मा डेरा लिएर बस्दै आएकोमा सोमवार दुबैजनाबीच विवाद भएपछि यादव पेस्तोल लिएर फरार भएको श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ