News Category 2076/09/07
१ सय ७५ बालबालिकामाथि यौन दुव्र्यवहार
मेक्सिको सिटी, ६ पुस (रासस÷एएफपी) ।
एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीले कम्तीमा १७५ जना बालबालिकाको यौन दुव्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार क्रिश्चियन धर्मसँग सम्बन्धित ‘लिगनरी अफ क्राइस्ट’ का संस्थापक मार्सियल मासिएलसहित ३३ पादरी वा ‘डेकन’ले कम्तीमा ६० बालबालिकामाथि सन् १९४१ देखि अहिलेसम्म यौन दुव्र्यवहार गरेको स्वीकार गरेका छन् ।
समूहका महानिर्देशक एडुआर्डो रोबल्स–गिलद्वारा स्थापना गरेको एक आयोगद्वारा गरिएको अनुसन्धानले सन् १९४१ मा लिगनरी अफ क्राइस्टको स्थापनादेखि सन् २०१९ को डिसेम्बर १६ सम्म गरेको अनुसन्धान रिपोर्टलाई ‘सेरोआबुसोेस डट ओराजी’ मार्फत् सार्वजनिक गरिएको छ । “यौन दुव्यवहार भएका भनिएका सबै बालबालिका ११ वर्षदेखि १६ वर्ष उमेर समूहका रहेका छन्,” क्रिश्चियन उक्त संस्थाको सहयोगमा गत जुनमा स्थापना भएको एक आयोगले गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ । अनुसन्धानमा आरोपित ३३ पादरीमध्ये अझै १८ जना अझै पनि उक्त संस्थामा सम्लग्न रहेका बताइएको छ तर संस्थाले उनीहरूलाई नागरिक वा बालबालिकासँग जोडिने कुनै पनि कामबाट टाढा गरिसकिएको छ ।
अझ आश्चर्यको कुरा के छ भने आरोपित ३३ मध्ये १४ जना त लिगनरीबाट नै पीडित भएका बताइएको छ । बालबालिकालाई कसरी यौन दुव्र्यवहार गरिएको थियो र दुव्यवहारका घटना कसरी अहिलेसम्म पनि जोडिएका छन् भन्नेबारेमा प्रतिवेदनले स्पष्ट व्याख्य गरेको छ ।
प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिभन्दा बढी व्यक्ति दुव्यवहारमा परेका पनि हुन सक्ने तर अध्ययनले सबै समेट्न नसकेको पनि बताइएको छ । यद्यपि अनुसन्धान र अध्ययनलाई भविष्यमा पनि जारी राख्ने सेरोआबुसेसले जनाएको छ । सेरोआबुसेसले भनेको छ, “विभिन्न ४५ पीडितलाई ‘क्षतिपूर्ति र मेलमिलाप’ गराउने प्रक्रिया जारी छ र यसलाई अझ धेरैमा बिस्तार गर्नुपर्ने महशुस गरिएको छ ।” सन् २००८ मा मृत्यु भइसकेका मासिएललाई उहाँ कार्यरत संस्थाबाट आरोप आउन थालेपछि तत्कालिन क्रिश्चियन धर्मगुरू पोप बेनेडिक्टले सन् २००६ मा अबकास लिन दवाब दिएपछि उहाँ संस्थाबाट अलग्गिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ