News Category 2070/03/10
जग्गा विवादमा निर्घात कुटपिट
दैनिक संवाददाता
राजविराज, ९ असार ।
चालिस बर्षअघि ससुराली पक्षले दिएको जग्गा फिर्ता गर्नुपर्ने माग राख्दै राजविराज नगरपालिकाका एक व्यक्तिलाई निर्घात कुटपिट गरिएको छ । पितालाई ससुरा पक्षले दिएको जग्गा फिर्ता गर्नुपर्ने माग राख्दै ससुरालीकै व्यक्तिहरुले राजविराज नगरपालिका ७ का शेखर चौधरीलाई कुटपिट गरेका हुन् ।
स्थानीय समिर चौधरीको नेतृत्वमा आएका समुहले गत बिहीवार राति चौधरीलाई घर खाली गराउन भन्दै कुटपिट गरेका हुन् । चौधरीकी आमालाई माइती पक्षले दिएको जग्गा फिर्ता गराउन माग गर्दै कुटपिट गरेको पीडित परिवारको भनाई छ ।
आफ्ना ससुरा स्व. बिष्णुलालले दिएको जग्गा अहिले फिर्ता गराउन मामा र उनका छोराहरुले आफ्नो छोरालाई नै कुटपिट गरे शेखरका बुवा राजकिशोर बर्माले भने, ‘‘एकवर्ष अघि पनि शेखरका बुवा, उनका पत्नी सुनितालाई समेत समीरसहितकाले कुटपिट गरेका थिए ।’’
कुटपिटबाट घाइते भएका चौधरीको विगत चार दिनसम्म राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको छ । उनको नाक र टाउकोमा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ ।
चौधरीलाई कुटपिट गर्ने ब्यक्तिहरुले हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अहिले उक्त जग्गाको मोल ३० लाख पर्ने भएकाले शेखरका हजुरबुवाको छोरा चन्द्रविनोद र नाति समिरले बारम्बार जग्गा खाली गर्न दवाब दिंदै आएको उनीहरुको भनाई छ ।
जग्गा खाली गर्न चन्द्रविनोदले दुई वर्ष अघि नै खिचौला सम्बन्धी मुद्दा अदालतमा दिएका थिए । र अहिले उक्त मुद्दा मुलतीमा राखिएको शेखरका बुवाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ