News Category 2076/09/09
अफगानिस्तानमा अमेरिकी सैनिक मारिएको पेन्टागनको पुष्टि
वासिङ्टन, ८ पुस (रासस÷सिन्ह्वा) ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ । अफगानिस्तानमा रहेको अमेरिकी सैनिक समूहका एकजना सदस्यको ज्यान गएको समाचार सोमबार आएको थियो । उनको आइतबार मृत्यु भएको बताइएको थियो । ती सैनिकको कर्तव्य निर्वाहका क्रममा आइतबार निधन भएको पेन्टागनले सोमबार पुष्टि गरेको वासिङ्टन डिसीबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
सोमबार अफगानिस्तानको एक समाचार संस्था ‘टोलो न्युज’ले अफगानिस्तानमा अमेरिकी सेना मारिएको समाचार सम्प्रेषण गरेको थियो । पेन्टागनद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार आइतबार अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा जारी कारबाहीका क्रममा ती सैनिक घाइते भएका र पछि उपचारको क्रममा सोमबार उनको ज्यान गएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नीतिमा कर्तव्य पालनाको शिलशिलामा मृत्यु भएका कुनै पनि देशका सदस्यको नाम २४ घण्टासम्म सार्वजनिक नगरिने भएकाले मारिने ती अमेरिकी सेनाको नाम पनि सार्वजनिक गरिएको छैन ।
कुन्दुजमा अमेरिकी सैनिकको के कसरी मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको पनि पेन्टागनले जनाएको छ । उता तालिबानका प्रवक्ताले भने आफूको कारबाहीका क्रममा अमेरिकी सैनिक मारिएको बताएका छन् । तीन हप्ता मात्र पहिले अफगानिस्तानको लोगार प्रान्तमा दुई अमेरिकी सैनिकको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । यस वर्ष अफगानिस्तानमा कर्तव्य निर्वाहका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको सङ्ख्या २० पुगेको छ । अफगानिस्तानमा अहिले करिब १४ हजार अमेरिकी सैनिक छन् । नेटो सैन्यअन्तर्गत हाल अफगानिस्तामा रहेका सेनाले अफगान सेना तथा यहाँको समग्र सुरक्षा बललाई तालिम दिने, सल्लाह दिने र सहयोग गर्ने काम गर्छ । सन् २००१ मा अफगानिस्तानबाट तालिबानको शासन हटाएपछि अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको नेतृत्व गर्दै आएको छ । अमेरिकाले यहाँ आतङ्कवाद विरोधी अभियान सञ्चालन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ