News Category 2076/09/09
दुर्घटनामा कमी आउन सकेन्
अहिले सप्तरीमा पुनः सवारी दुर्घटना बढ्दै गएको छ । प्राय राजमार्ग क्षेत्रमा सवारी दुर्घटना अहिले बढेको छ । तिब्र गतिमा आउने सवारीसाधनहरुले ओभरटेक गर्ने क्रममा दुर्घटना हुने गरेको छ । राजमार्ग क्षेत्रमा प्राय लामो दुरीका सवारीसाधन गुड्ने हुँदा आफ्नो गतिलाई तुरुन्त नियन्त्रण गर्न नसक्दा अगाडी आउने अर्को सवारीसँग ठोकिन पुग्छ । यता सडक दुर्घटनामा कमी ल्याउन विभिन्न जनचेतनादेखी हेलचक्राई गर्नेमाथी कारवाहीका विभिन्न प्रक्रिया अपनाए पनि दुर्घटनामा कमी आएको देखिन्न् ।
राजमार्गमा ठूला सवारीसाधनहरु अत्यन्त मात्रामा गुडिनुले र साना तथा हल्का सवारीसाधनहरु सो समयमा अनियन्त्रित हुनु स्वभाविक हो । तर, हल्का सवारीसाधन चलाउने धनीले यसतर्फ सचेत हुनु पनि उत्तिकै आवश्यक छ । ठूला सवारीसाधनहरुले हल्का सवारीसाधनहरुलाई आफ्नो स्थान छोडेर जान दिनुपर्ने हुन्छ भने हल्का सवारीसाधनहरुले पनि आफ्नै स्थानबाट गाडी चलाउनु उत्तिकै आवश्यक छ । तर, यसो हुँदैन सबैलाई गन्तव्य तर्फ पुग्नु हतार नै हुन्छ । सोही हतारका कारण सवारी दुर्घटना पनि हुन्छ ।
सबै सवारीसाधनका चालकले संयम्ता अपनाएर आफ्नो गतिलाई नियन्त्रण गर्नु आवश्यक छ भने अर्कोतर्फ राजमार्गमा कसैले कसैको सिको नगरेर गन्तव्यतर्फ गए अवश्य नै दुर्घटनामा कमी आउन सक्छ । तसर्थ यसप्रति सबै गम्भिर र सचेत हुनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ