News Category 2076/09/10
सप्तरीको कुन स्थलको भ्रमण गर्ने बारे सबै मौन
अंग्रेजी वर्ष २०२० मा सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउन गइरहेको छ । यसको मुख्य उद्देश्य पर्यटकहरुलाई नेपालमा रहेको विभिन्न सौन्दर्य स्थलहरुको भ्रमण गराउनु हो । यता प्रदेश २ को विभिन्न जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटीयक स्थलहरुलाई चिनारी गराउन कुनै ठोस कदम चालिएको देखिन्न् । प्रदेश २ को अस्थायीमुकाम जनकपुरमा रहको जानकी मन्दिर बाहेक अन्य स्थलहरुलाई हालसम्म प्रोत्साहनका लागि कुनै प्रकारको सरकारी तयारी देखिन्न् ।
यस्तै सप्तरीका विभिन्न स्थानहरुमा रहेका ताल, धार्मिक स्थल तथा पर्यटकीय स्थलबारे हालसम्म औपचारिक रुपमा जानकारी दिइएको छैन् । सप्तरीमा प्रसिद्ध छिन्नमस्ता भगवति मन्दिर, कंकालिनी मन्दिर, लोहजारा दह, सुन्दरी जल लगायतका क्षेत्रहरुमा पनि पर्यटकहरु आउने निकै सम्भावना रहँदा रहँदै समेत यसलाई अहिलेसम्म उपेक्षित गरिदै आएको छ । संघीय सरकारले यस्ता स्थलहरुलाई उठान गर्न नसकेको अवस्थामा प्रदेश सरकारले समेत कुनै ठोस कदम चाल्न नसक्नु दुःखद कुरा हो । यती मात्र नभएर स्थानिय तहले समेत आफ्नो पर्यटकीय स्थलहरुको सूची तयार नगर्नु र माथिल्लो निकायसमक्ष प्रस्तुत गर्न नसक्नुले आफै झन झन उपेक्षित बन्दै गएका छन् ।
हुनत भ्रमण वर्षको अहिले सुरुवात मात्र भइरहेको छ । तसर्थ ढिलो भएपनि अहिलेदेखी नै स्थानीयदेखी प्रदेश तहसम्म पर्यटकीय स्थलहरुको पहिचान गरि त्यसलाई प्रचार गरि पर्यटकलाई तान्न सक्ने क्षमता अभिबृद्धी गर्न लाग्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ