News Category 2070/11/27
सप्तरीमा रु. ४ अर्ब २६ करोडको बजेट प्रस्तुत
दैनिक संवाददाता
राजविराज, २६ फागुन ।
सप्तरीको २० औं जिल्ला परिषद्ले आगामी आर्थिक बर्ष २०७१÷०७२ का लागि रु. ४ अर्ब २६ करोडकोे बजेट प्रस्ताव गरेको छ ।
जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले नीति तथा कार्यक्रमका साथै रु ४ अर्ब २६ करोड ४८ लाख ३ हजार ९ सय २० रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो ।
स्थानिय बिकास अधिकारी सापकोटाले पुँजीगततर्फ रु २ अर्ब ३६ करोड ४७ लाख ६६ हजार ३ सय ३० र चालुतर्फ रु एक अर्ब करोड ९० लाख ३७ हजार ५ सय ९० को बजेट प्रस्ताव गर्नुभयो ।
जसमा जिविसतर्फ रु. ७८ करोड १७ लाख ६३ हजार र बिषयगत कार्यालयहरु तर्फ रु. ३ अर्ब १५ करोड ७४ लाख ९७ हजार तथा गैरसरकारी संस्थातर्फ रु. ३२ करोड ५५ लाख ४३ हजार ९ सय २० रुपैयाँको बजेट बिनियोजन गरिएको प्रस्तुत गर्दै स्थानिय बिकास अधिकारी सापकोटाले भौतिक पुर्वाधार, आर्थिक बिकास र स्वास्थ्य तथा सरसफाई लगायतका कार्यक्रमहरुलाई प्रभावकारी बनाईने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सप्तरी क्षेत्र नम्बर ३ का सभासद् उमेश कुमार यादवले समग्र जिल्लाका लागि आफुले अघि सारेको‘‘ द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रिन राजविराज, क्लिन राजविराज”को अभियानलाई सफल बनाउनु आवश्यक रहेको बताउनुभयो ।
सो कार्यक्रममा सप्तरी क्षेत्र नम्बर १ का सभासद् मानपुर चौधरी, क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् अशोक मण्डल(अमर), सभासद्हर गंगा प्रसाद यादव, लक्ष्मी चौधरीले जिल्लाको बिकासका लागि सम्पुर्ण सभासद्हरु एकजुट रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
स्थानिय बिकास अधिकारी सापकोटाको अध्यक्षतामा आयोजित परिषद् कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादव, जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह, गैसस महासंघ सप्तरीका उपाध्यक्ष शम्भुनन्द चौधरी, स्थानिय निकाय कर्मचारी संघका अध्यक्ष कमलेश्वर बिराजी लगायतले बोल्नुभयो ।
सो कार्यक्रममा बिभिन्न दलका प्रमुख तथा प्रतिनिधीहरुले हुलाकी सडक निर्माणमा तत्काल ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ