News Category 2076/09/18
उखु किसानहरुको समस्याप्रति ठोस नीति निर्माण गर्नु आवश्यक
नेपालमै सबैभन्दा बढी उखु उत्पादन हुने प्रदेश २ को सर्लाही जिल्ला हो । यहाँका अधिकांश कृषक नगदे बालीको रुपमा उखु खेतीमै निर्भर रहन्छन् । उनीहरुले खेती गरेर उत्पादन भएका उखुलाई सर्लाही, रौतहटमा रहेका सुगर मिल्समा बिक्रि गर्ने गरेका छन् । तर, अहिले ती किसानहरुले आफूले उत्पादन गरेर बिक्रि गरेका उखुको उचित मुल्य त परै जाओस् उखु उत्पादनमा लागेको खर्च समेत पाउनबाट बञ्चित भएका छन् । जसकारण उनीहरु बाध्य भएर राजधानी काठमाडौंमा आफ्नो लगानी र उचित मुल्य पाउनु पर्ने भन्दै आन्दोलन समेत गरेका छन् ।
सुगर मिल्स संचालकले ती किसानहरुलाई उखु उत्पादन गर्न प्रोत्साहन गरे पनि उचित मुल्य दिनबाट बञ्चित गर्ने गरेका छन् । सरकारले समेत उखुको न्युनतम मुल्य निर्धारित गरेपनि त्यसलाई मिल्स संचालकहरुले वेवास्ता गर्दै आइरहेका छन् । त्यती हुँदा समेत किसानहरुले संचालकहरुकै कुरा मानेर उखु बिक्रि गर्ने गरेका छन् । त्यसमा पनि पाँच वर्षदेखी किसानहरुले आफुले उत्पादन गरेको उखुको मुल्य पाउन सकिरहेका छैन् । किसानहरुले महिनेतका साथ उखु उत्पादन गरेर मिल्ससम्म पु¥याएर त्यसको उचित मुल्य पाउन नसक्नु कतिको उचित हो । यो कुनै एक दिनको कुरा होइन् । प्रत्येक वर्ष उखु किसानहरु यस्तै समस्याबाट पीडित बन्दै आएका छन् । सरकारले पनि प्रत्येक वर्ष मुल्य तोक्ने गर्छ र उद्योग संचालकहरुले त्यसको वेवास्ता गर्दै गर्दछन् ।
सरकारले बनाएको कुनै पनि कानुनको अवहेल्ना गर्नु अपराध हो । यो अपराध बारम्बार उखु किसानहरुसँग भइरहदा सरकारले कीन कुनै ठोस कदम चाल्न नसकेको हो ? तसर्थ किसानहरुको पक्षमा सरकारले ठोस कदम उठाउन जरुरी रहेको छ भने आउँदो दिनहरुमा यस्ता समस्या पुनः नदोहरियोस् भनी सम्बन्धीत पक्षलाई सरकारले निर्देशन समेत दिन पछाडी पर्नुहुँदैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ