News Category 2076/09/20
बैदेशिक रोजगारीको कमाईलाई सदुपयोग गर्नेतर्फ ध्यान पु¥याऔं
मुलुकमा रोजगारीको वातावरण सृजना नहुँदा यहाँबाट सयकडौ यूवाहरु दिनहुँ बिदेश पलायन भइरहेका छन् । उनीहरु बिदेशमा गएर कमाएका रकम आफ्नो घर पठाउने गरेका छन् । जसले गर्दा मुलुक अहिले रेमिटान्सकै रकमबाट धानिएको छ । विदेशबाटै पठाएको रकमले गर्दा उनीहरुको घरवार समेत चलेको छ ।
अर्कोतर्फ विदेशबाट पठाइएको रकमको सही उपयोग नहुँदा ती यूवाहरुको घरपरिवार बिग्रिएको छ । खुन पसिनाका साथ दिनरात एक गरि बिदेशमा काम गरेर पैसा पठाएको यूवाहरुको परिवारजनले रकमको सही उपयोग गर्न नसक्दा अहिले उनीहरुको जिवन अन्धकारमय बनेको छ । पठाएको रकमबाट उपयुक्त स्थानमा सदुपयोग गर्न नसक्दा विदेशबाट फर्किएपछि पुनः उनीहरु बेरोजगार नै बनेको अनेकौं उदाहरणहरु हेर्न र सुन्न पाइन्छ । बैदेशिक रोजगारीको रकमलाई उत्पादनमूलक कार्यमा उपयोग गर्न नसक्दा अहिले सो अवस्था आएको छ । प्रायजसो घर निर्माण, जग्गा खरीद, विलासिताको सामान खरीद, मोटरसाइकल खरीदलगायतमा रकम प्रयोग भएको देखिन्छ । यस्ता कुरामा रकम प्रयोग हुँदा रकमको खासै सदुपयोग भएको देखिन्न् ।
तसर्थ त्यस्ता रकमलाई कुनै उत्पादनमूलक क्षेत्रमा प्रयोग गरेर आफू र दुई चारजनालाई रोजगारीको अवस्था सृजना गर्न तर्फ अग्रसर हुनुपर्दछ । अनिमात्र आफ्नो, परिवार तथा समाजको विकास र आर्थिक क्षेत्रको उन्नती हुन सक्ने कुरामा दुई मत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ