News Category 2070/11/29
नजरानाको हत्या सम्पति विवादका कारण सासु र जेठानीबाटै भयो ः राष्ट्रिय महिला आयोग
दैनिक संवाददाता
राजविराज, २८ फागुन ।
राजविराज–७ निवासी नजराना खातुनलाई जिउँदै जलाएर हत्या गरेको सम्बन्धमा राष्ट्रिय महिला आयोगको टोलीले प्रारम्भिक प्रतिबेदन सार्वजनिक गरेको छ ।
सप्तरी सदरमुकाम राजविराजमा बुधबार पत्रकार सम्मेलन आयोजना गरेर सम्पति बिवादका कारण सासु र जेठानीले नजराना हत्या गरेको जानकारी दिइएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसका दिन जिउँदै जलाइएर हत्या गरिएकी नजरानाको हत्या बारे स्थलगत छानबिन गर्न राजविराज आईपुगेको राष्ट्रिय महिला आयोगको टोलीले घटनास्थलको निरीक्षण, स्थानियबासी र प्रहरी प्रशासनसँगको छलफलको आधारमा पत्रकार सम्मेलन गरी प्रारम्भिक प्रतिबेदन सार्वजनिक गरेको हो ।
राष्ट्रिय महिला आयोगकी सदस्य उर्मिलादेवी विश्वकर्माले हत्या गरिएकी नजरानाको पति बैदेशिक रोजगारको शिलशिलामा साउदी अरब जानु अघि नजरानालाई माइती पठाइदिन भनेको भन्दै नजराना माइती गएपछि छोराले कमाएको पैसा माईत नै पठाउने भएको सोचेर नै नजरानाकी सासु बानोले योजनाबद्ध ढंगले मट्टीतेल छर्केर उनको हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यसअघि पनि आर्थिक बिवादमा सासुले नजरानालाई उत्पीडन दिदै आएको स्थानिय छिमेकीहरुबाट समेत आफुहरुले जानकारी पाएको विश्वकर्माको कथन छ ।
गर्भवती अवस्थाकी नजरानाको हत्यामा उनकी सासु बानो खातुन र जेठानी नुरजाहा खातुनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा पाइएको बताउनुहुँदै विश्वकर्माले प्रहरी अनुसन्धानको क्रममा फेला पारेको प्रमाणहरुबाट समेत घटनामा उनीहरुको संलग्नता देखिएको दाबी गर्नुभयो ।
नजराना हत्याका सम्बन्धमा अनुसन्धानमा खटिएको प्रहरी अधिकृतको भनाई, स्थानिय छिमेकी र नजराना खातुकी ससुरा महमुद अन्सारीको भनाईको आधारमा समेत नजरानाको घटनामा ससुरा र जेठानीको संलग्नता देखिएको दाबी गर्दै राष्ट्रिय महिला आयोगकी अर्का सदस्य मनु हुमागाईले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउनुभयो ।
घट्नास्थल भन्दा ५० मिटरको दुरीमा रहेको पोखरीको डिलमा मट्टीतेलको भाडो फेला पर्नु, नजरानाकी सासु बानोको हातबाट मट्टीतेलको गन्ध आउनु र अरुको घरमा गएर लुकेको अवस्थामा फेलाले पनि घट्नामा सासु र जेठानीको संलग्नता रहेको आशंका गर्न सकिन्छ हुमागाईले बताउनुभयो ।
यसअघि मृतक नजरानाकी बुवा सुनसरी मधुबन ८ निवासी फुलहुसैन खानले सम्धीनी बानो खातुन र मृतककी जेठानी नुरजहाँ खातुनमाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको छ । सोही किटानी जाहेरी दर्ता गरी कर्तब्य ज्यान मुद्दा अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाईसकेको मुद्दा हेर्ने सप्तरीका प्रहरी नायव उपरिक्षक राजकमार बैदवारले जानकारी दिनुभयो ।
यता मृतक नजरानाकी बुवा फुलहुसैन खानले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको किटानी जाहेरी र घटनास्थलको स्थितीलाई मध्यनजर गर्दै प्रहरीले थालेको अनुसन्धानको क्रममा नजरानाको हत्या भएको हुनसक्ने प्रमाणहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ