News Category 2070/11/29
अंश वापतको रकम तिरेपछि सम्बन्ध बिच्छेद
दैनिक संवाददाता
राजविराज, २८ फागुन ।
अंशबापतको रकम तिरेपछि सप्तरीको कञ्चनपुर गाविस–७ की किरणकुमारी गुप्ता र उनका पति नरेशप्रसाद गुप्ता रौनियाबीच सम्बन्ध विच्छेद भएको छ ।
नरेशले किरणलाई अंशबापत रु सात लाख ५१ हजार बुझाए पछि मिलापत्रमा दुवैबीच सम्बन्ध विच्छेद भएको अदालतले जानकारी दिएको छ । आरोपित पति नरेशसहित घरपरिवारका सदस्यले थप दाइजो माग्दै २०६९ भदौ ११ गतेदेखि घरनिकाला गरेको भन्दै किरणले २०६९ असोज ७ गते अंशबन्डा मुद्दा दर्ता गरेकी थिईन् ।
यस्तै दाइजो बापत आरोपितले लिएको नगद र गरगहनासहित रु १४ लाख भराई पाउन माग गर्दै किरणले अदालतमा गत सोमबार निवेदन दिएकी थिईन् ।
किरणको निवेदन उपर जिल्ला अदालत राजविराजका न्यायाधिश राजेन्द्र अधिकारीको इजलाशमा नरेशले अंशबापत रु. ७ लाख ५१ हजार तिरेपछि मिलापत्रमा दुबैबीच सम्बन्ध बिच्छेद भएको अदालतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ