News Category 2076/09/25
अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
राजबिराजस्थित राजरंगशालामा शुक्रबारदेखी अन्तर बिद्यालय जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
ग्रिन नेपालको आयोजनामा संचालित उक्त प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा म्याक्सवेल बोर्डिंग स्कुलले ह्याप्पील्याण्ड सेकेण्ड्री स्कुललाई १ सय ४० रनले पराजित गरेको छ ।
सम्पन्न खेलमा म्याक्सवेलले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा २ सय ३ रनको योगफल तयार पारेको थियो । म्याक्सवेलका लागि रोहन बिकले बिष्फोटक ब्याटिंग गर्दै ४० बलमा ११ चौक्का र ५ छक्काको मद्धतले ९१ रनको योगदान दिएका थिए । रोहन बाहेक पंकज यादवले १६ तथा संजित साहले नटआउट रहि १९ रनको योगदान दिएका थिए ।
यता बलिंग तर्फ प्रज्वल यादवले ३ तथा प्रिन्स यादव र सुनिल यादवले सामान २ बिकेट लिएका थिए । २ सय ४ रनको लक्ष्य लिई मैदानमा ओर्लेको ह्याप्पील्याण्ड सेकेण्ड्री स्कुल १४ ओभरमै सम्पुर्ण बिकेट गुमाई ६४ रनमै समेटिएको थियो । ह्याप्पील्याण्डलाई सस्तोमा समेटन म्याक्सवेलका सकिम आलमले ४ तथा आदित्य रामले २ बिकेट लिएका थिए भने रोहन बिक, केशव साह र असन जमालले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच म्याक्सवेलका रोहन बिक घोषित भएका थिए ।
उद्घाटन कार्यक्रम अन्र्तगत ग्रिन नेपालको अध्यक्ष खेलानन्द दासको अध्यक्षता संचालित कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष तथा प्रदेश २ क्रिकेट संघका सचिव आयुश श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित उद्घाटन कार्यक्रम अन्र्तगत ईजि वल्र्ड इन्जीनियरका प्रोपोराईटर रामजी यादव, प्रहरी नायब उपरिक्षक तिलक भारती, एम एण्ड एम मोर्टसका प्रोपोराईटर अनवर अली लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ