News Category 2070/11/30
स्थानीय निकायको निर्वाचन तत्काल नगर्न दुबै माओवादीको माग
दैनिक संवाददाता
काठमाडौँ, २९ फागुन ।
एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीले स्थानीय निकायको निर्वाचन नयाँ संविधान निर्माण भएपछि मात्र गर्नुपर्नेमा जोड दिएका छन् ।
दुवै दलका शीर्ष नेताहरू सम्मिलित बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा अन्तरिम संविधानको धारा १३८ ले गरेको व्यवस्थाअनुसार राज्यको अग्रगामी पुनःसंरचनालाई पहिलो प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइएको छ ।
केही दिनयता सरकारमा रहेका कतिपय मन्त्री र दलका नेताहरूद्वारा जेठ महिनामा स्थानीय निर्वाचन गर्ने भनी दिइएको अभिव्यक्तिप्रति ध्यानाकृष्ट भएको जनाउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले सङ्घीय संविधान नबन्दै सङ्क्रमणकालीन संरचनाबारे निर्वाचन गर्न खोज्नुले नयाँ सङ्घीय संविधान निर्माणमा गम्भीर प्रश्न उठेको बताउनुभएको छ ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “अन्तरिम संविधान–२०६३ को धारा १३८ विपरीत हुने भएकाले नयाँ संविधान निर्माणलाई प्राथमिकता दिई सो नहुँदासम्म स्थानीय निर्वाचन नगरियोस् भनी हामी सम्बद्ध सबै पक्षसँग जोडदार आग्रह गर्दछौँ ।”
उहाँहरूले बृहत् शान्ति–सम्झौताको मर्म र भावना विपरीत राज्य पक्षद्वारा जनयुद्धकालीन मुद्दाहरूलाई ब्युँताई दुवै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई दमन–धरपकड गर्ने र कारागारमा राख्ने काम भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सो सम्झौताअनुसार सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग बनाएर समस्या समाधान गर्न तदारुकता देखाउन माग गर्नुभएको छ ।
उहाँहरूले युद्धकालीन मुद्दा ब्युँताउने कामको विरोध एवम् भत्र्सना गर्दै त्यस्ता क्रियाकलाप अविलम्ब रोक्न तथा गिरफ्तार गरिएकालाई रिहाई गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ