News Category 2076/09/27
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
दैनिक समाचारदाता
राजबिराज, २७ पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबारदेखी संचालित मयेर कप २०७६ फुटवल प्रतियोगिताको उद्घाटन खेलमा हिमालय क्लब राजविराज बिजयी भएको छ ।
वडा नं. ८ पोखरीयास्थित खेलमैदानमा शुरु भएको प्रतियोगितामा शम्भुनाथ नगरपालिकालाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै राजविराज बिजयी भएको हो ।
खेलको पहिलो हाफको २५ औं मिनेट, दोश्रो हाफको १० औं र १५ औं मिनेटमा राजविराजले गोल गर्दै राजविराज जित हासिल गरेको हो । खेलको २२ औं मिनेटमा शम्भुनाथ नगरपालिकाले सान्त्वना गोल फर्काएका थिए ।
सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न १४ क्लबको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल माघ १२ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका बिजेताले नगद रु. ५५ हजार र कप हात पार्ने छ भने उपबिजेताले नगद रु. ४५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने जनाएको छ ।
यसअघि खेलकुद संचालक समितिका अध्यक्ष धनिलाल चौधरीको अध्यक्षतामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कबिताकुमारी सरदार र प्रमुख प्रशासकीय अधिकृत मातृका दंगालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरीयाको आयोजनामा शुरु भएको प्रतियोगिता अन्तर्गत सोमवारको खेल एपीएफ बर्दिबास र सलहेश फुटबल टिम भोटिया टोल लहान सिरहाबीच हुने खेलकुद संचालक समितिका सचिव श्रवणकुमार चौधरीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ