News Category 2076/09/27
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी
दैनिक समाचारदाता
राजबिराज, २७ पुस ।
राजविराजमा संचालित अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न खेलमा प्रिमियर सेकेण्ड्री स्कुल बिजयी भएको छ ।
सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजबिराज स्थित राजरंगशालामा संचालित सो प्रतियोगितामा प्रिमियर सेकेण्ड्री स्कुलले रोज पब्लिक सेकेण्ड्री स्कुललाई २२ रनले पराजित गरेको हो ।
प्रिमियरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय ७१ रनको योगफल तयार पारेको थियो । प्रिमियरका लागि युवराज यादवले नटआउट रहि २१ बलमा ५ चौक्काको मद्दतले ३५ रन तथा मो सदाम ३४ र प्रदिप यादवले २४ रनको योगदान दिएका थिए ।
बलिंगतर्फ रोज पब्लिकका तर्फबाट मनिश साह र नन्दकिशोर मण्डलले सामान २ बिकेट तथा राहुल यादव र बिशाल साहले १÷१ बिकेट लिएका थिए ।
प्रतिउत्तरमा १ सय ७२ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको रोज पब्लिकले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ४९ रन मात्र जोडन सकेको थियो । रोज पब्लिकका लागि कृष्णा चौधरीले नटआउट रहि ३५ रन तथा सत्यम झा र रोशन यादवले क्रमशः ३१ र ३३ रनको योगदान दिएका थिए । प्रिमियरका लागि जय बर्माले ३ तथा मो. सदाम, मो. असलम र रोहित गुप्ताले १÷१ बिकेट लिएक थिए ।
खेलको म्यान अफ द म्याच प्रिमियर सेकेण्ड्रीका मो. सद्दामलाई क्रिकेटर महवुव आलमद्वारा नगद तथा ट्रफि प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ