News Category 2076/09/28
राजश्व बृद्धि गर्ने तर्फ ध्यान पुगोस्
सप्तरीसँग टाँसिएको सबै भारतीय सीमा नाकाहरु खुल्ला रहेका छन् । ती सीमा नाकाहरुमा भन्सार वा प्रहरीको एउटा चेक पोष्ट बाहेक कुनै प्रकारको घेरवार छैन् । जसले गर्दा तस्कारीहरुले खुलेआम भन्सार छलेर सामानहरु नेपालतर्फ सजिलै आयात गर्न भ्याउँछन् । यती मात्र नभएर सानो सानो पोका पारेर दिनरात गरि ट्रकका ट्रक सामानहरु नेपालतर्फ आउने गरेको छ । सीमा सुरक्षा पोष्टमा सशस्त्र प्रहरीको निगरानी हुँदा हुँदै पनि तस्कारीहरुले विभिन्न सामानहरु सजिलै सीमा पार गरिरहेका छन् ।
सप्तरीको मुख्य भन्सार भनेको तिलाठीको बेल्ही भन्सार हो । यस भन्सारबाट पनि भन्सार छलेका सामानहरु नेपालतर्फ आउने गरेको पाइन्छ । नेपाल र सशस्त्र प्रहरीको निगरानी समेतलाई पार गर्दै तस्करहरुले सामानहरु आरपार गर्ने गरेका छन् । सोही नाकाबाट भन्सार नकाटी अवैध रुपमा ट्रकमा लोड गरि सामानहरु भारतीय सीमामा पुग्ने गर्दछन् । यसरी हेर्दा ती सामानहरु कसैको मिलोमतो बिना ओसारपोसार गर्न सकिन्न् ।
यस्ता अवैध किसिमले भन्सार छलेर दुबै मुलुकमा सामान आयात निर्यात गर्ने कामलाई सम्बन्धीत निकायले कडा रुपमा निगरानी गर्नु पर्ने आवश्यकता रहेको छ । अनिमात्र सप्तरीको राजश्व बृद्धि हुन्छ । राज्यको राजश्व वृद्धि गराउन र तस्करी रोक्न पनि त्यस्ता तस्करहरुलाई नै पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउनु समेत उत्तिकै आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ