News Category 2070/03/10
छुट्टाछुट्टै घट्नामा परी दुई जनाको मृत्यु, चार जना घाइते
दैनिक संवाददाता
राजविराज, ९ असार ।
छुट्टाछुट्टै घट्नामा परी सप्तरीमा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
चट्याङ् लागेर तथा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । करेन्ट लागेर, श्रीमान्को कुटाईबाट तथा दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
भारदह गाविसमा आइतबार दिउँसो खसेको चट्याङ्ले एक जना बालिकाको ज्यान गएको छ । भैंसी चराउन कोशी व्यारेजतिर गएकी बालिकाको दिउँसो २ बजेतिर चट्यांगमा परी मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारदह गाविस १ निवासी सहदेव मुखियाकी छोरी पुजन रहेकी छन् । १२ बर्षीया उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज पठाइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
यस्तै मानराजा गाविसमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मानराजा गाविस ५ का बालकुमार यादव छन् । ५५ बर्षीय यादवको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मानराजा ४ बस्ने नन्दी लाल चौधरीले फुलकाहा गाउँबाट खेतमा पानी लगाउन ल्याएको बिजुलीको तार हटाई जोत्ने क्रममा घर नजिकै पानी तान्ने मोटरको नाङ्गो तार छुन जाँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
तार तान्ने चौधरी फरार भएको र खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।
उता बिषहरिया गाविस ६ बस्ने वर्ष ४५ का लालु साह करेन्ट लागेर गम्भीर घाइते भएका छन् । फर्सेठ गाविसमा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागी उपचारार्थ सगरमाथा अञ्चल अस्पतालमा ल्याएकोमा अवस्था गम्भिर रहेकाले थप उपचारको लागि घोपा क्याम्प धरान लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै मानराजा २ निवासी देवनारायण प्रमाणीले आफ्नै श्रीमतिलाई निर्घात कुटपिट गरेका छन् । प्रमाणीले आफ्नी श्रीमती २४ बर्षीय राजसेवी राउतलाई घरायसी वादविवादका कारण कुटपिट गरेको प्रहरीले जनाएको छ । घाइते राजसेवीको यूनिक अस्पताल रायपुरमा उपचार भइरहेको छ ।
त्यस्तै आइतबार सप्तरीको भारदह गाविसमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
राजविराजबाट पोर्ताहातर्फ जाँदै गरेको मोटरसाइकलले भारदह ५ मा एक व्यक्तिलाई ठक्कर दिदैं दुर्घटना भएको हो । उक्त दुर्घटनामा भारदह ५ निवासी पैदलयात्री ५५ बर्षीय दशन मुखिया र मोटरसाइकल चालक पोर्ताहा गाविस निवासी महेन्द्र यादव घाइते भएका छन् ।
घाइते भएका दुबैलाई उपचारका लागि विराटनगर पठाइएको तथा ठक्कर दिएर दुर्घटना भएको को७प २११० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको भारदह सहकर्मी गंगा प्रसाद साहले जानकारी गराउनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ