News Category 2070/12/01
अन्तरजातीय विवाह गर्ने जोडीले अझै पाएन् प्रोत्साहन रकम
दैनिक संवाददाता
राजविराज, ३० फागुन ।
सरकारले अन्तरजातीय बिवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेपनि समयमा रकम निकास नुहँदा सप्तरीमा अन्तरजातीय बिवाह गर्ने दस जोडीले बिगत दुई बर्षदेखि प्रोत्साहन रकम पाउन सकेको छैन् ।
अन्तरजातीय बिवाह गर्ने जोडीहरुले बिवाह गरेको प्रमाणपत्र, निवेदन लगायतका प्रकृया पुरा गरेपनि समयमा रकम निकासा नहुँदा सरकारले व्यवस्था गरेको सहयोग बापतको रकम पाउन नसकेको गुनासो गरेका छन् ।
सरकारले दलित र गैर दलितबीच अन्तरजातीय बिवाह गर्ने जोडीलाई आर्थिक सहयोग बापत रु. एक लाख प्रोत्साहन रकम उपलब्ध गराउदै आएको छ ।
जिल्ला प्रशासन कार्यालयमा धाउँदा कोलेनिकाबाट निकासा भएको छैन् भन्दै फर्काउने गरेको अन्तरजातीय बिवाह गर्ने जोडीले गुनासो गरेका छन् ।
सरकारले सुबिधाको घोषणा गर्ने तर त्यसकै निकायले लापरवाही गरेपछि अन्तरजातीय बिवाह गर्ने जोडीहरु त्यसबाट बञ्चित हुँदै आएका छन् ।
गत २०६९÷०७० मा ९ जोडी र आर्थिक बर्ष २०७०÷०७१ को सात महिनाको अबधीमा पाँच जोडीले अन्तरजातीय बिवाह गरेको र त्यसमध्ये दश जोडीले प्रोत्साहन रकमका लागि कागजात पेश गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
उहाँहरुको रकम निकासाका लागि कोष तथा लेखा नियन्त्रणक कार्यालयमा कागजात पेश गरेपनि अहिलेसम्म निकासा नआएकाले अन्तरजातीय बिवाह गर्ने जोडीलाई रकम प्रदान गर्न नसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ