News Category 2070/12/01
अन्तरजातीय विवाह गर्ने जोडीले अझै पाएन् प्रोत्साहन रकम
दैनिक संवाददाता
राजविराज, ३० फागुन ।
सरकारले अन्तरजातीय बिवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेपनि समयमा रकम निकास नुहँदा सप्तरीमा अन्तरजातीय बिवाह गर्ने दस जोडीले बिगत दुई बर्षदेखि प्रोत्साहन रकम पाउन सकेको छैन् ।
अन्तरजातीय बिवाह गर्ने जोडीहरुले बिवाह गरेको प्रमाणपत्र, निवेदन लगायतका प्रकृया पुरा गरेपनि समयमा रकम निकासा नहुँदा सरकारले व्यवस्था गरेको सहयोग बापतको रकम पाउन नसकेको गुनासो गरेका छन् ।
सरकारले दलित र गैर दलितबीच अन्तरजातीय बिवाह गर्ने जोडीलाई आर्थिक सहयोग बापत रु. एक लाख प्रोत्साहन रकम उपलब्ध गराउदै आएको छ ।
जिल्ला प्रशासन कार्यालयमा धाउँदा कोलेनिकाबाट निकासा भएको छैन् भन्दै फर्काउने गरेको अन्तरजातीय बिवाह गर्ने जोडीले गुनासो गरेका छन् ।
सरकारले सुबिधाको घोषणा गर्ने तर त्यसकै निकायले लापरवाही गरेपछि अन्तरजातीय बिवाह गर्ने जोडीहरु त्यसबाट बञ्चित हुँदै आएका छन् ।
गत २०६९÷०७० मा ९ जोडी र आर्थिक बर्ष २०७०÷०७१ को सात महिनाको अबधीमा पाँच जोडीले अन्तरजातीय बिवाह गरेको र त्यसमध्ये दश जोडीले प्रोत्साहन रकमका लागि कागजात पेश गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
उहाँहरुको रकम निकासाका लागि कोष तथा लेखा नियन्त्रणक कार्यालयमा कागजात पेश गरेपनि अहिलेसम्म निकासा नआएकाले अन्तरजातीय बिवाह गर्ने जोडीलाई रकम प्रदान गर्न नसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ