News Category 2076/10/09
मेयर कपको फाईनलमा झुम्का प्रवेश
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित मेयरकप २०७६ फुटबल प्रतियोगिताको फाईनलमा रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरी प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न पहिलो सेमिफाईनलमा उतरबाहिनी समाजसेवा युवा क्लब बल्टीयाही सिरहालाई शुन्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै झुम्का फाईनलमा प्रवेश गरेको हो ।
झुम्काले प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोश्रो सेमिफाइनल एपीएफ २ नम्बर बाहिनी बर्दिबास महोत्तरी र त्रियुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरीबीचको बिजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाको आयोजनामा शुरु भएको प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न १४ क्लबको सहभागिता रहेको खेलकुद समितिका सचिव श्रवण कुमार चौधरीले जानकारी दिएका छन् ।
माघ १२ गते हुने प्रतियोगिताको बिजेताले नगद रु. ५५ हजार र कप हात पार्ने छ भने उपबिजेताले नगद रु. ४५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ