News Category 2076/10/10
गजेन्द्र बाबु र विभेदीकरणको लडाई
अमरनाथ मण्डल
मधेश आन्दोलन, मधेशको अधिकार प्राप्तिको लडाईमा आफ्नो जिवन समर्पित गरेका महान जननायक मधेश र मधेश आन्दोलनका प्रेरणा दिशा निर्देश वीर गजेन्द्र बाबु हाम्रो सामु नरहेतापनि उहाँले देखाएका बाटोहरु गरेका आन्दोलन र विभेदीकरणको अन्त्यको लागि लडेका लडाईहरुको इतिहास हाम्रो सामु विदितै छ । सदा जिवन उच्च विचार तथा नेनसन मण्डला, महात्मा गान्धी, सुक्रात जस्तो महापुरुषको बिचमा उभेका महान पुरुष मधेश नायक गजेन्द्र बाबुले मधेश र मधेशीको अधिकार प्राप्तिको लडाईमा खेलिएका भुमिकाहरु र हजारौं मधेशवाद सपुतहरुलाई मधेशवाद सिखको लागि दिशानिर्देश गरेका उपलब्धी स्वरुप नेपालको मधेशमा उत्पीडनका सिकार मधेशी आदीबासी जनजाति र मुस्लिमको लागि समानताको हक राज्यमा साझेदारी संविधान संशोधन, नागरिकता समस्या समाधान, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र संघीयताको सवाल लगायतका मुद्दाहरुलाई आन्दोलनको रुपमा राज्यको शासकवर्गहरुसँग लड्दै आएका थिए । सप्तरी जिल्लाको कोलाइडीमा जन्मनु भएका महान नेता गजेन्द्र नारायण सिंह सानै उमेर देखि त्याग तपस्याको प्रतिमुर्तिको रुपमा स्थापित बन्दै पिछडिएका समुदाय जातजाति भाषाभाषीको लागि उहाँले शासक वर्गहरुबाट सार्वजनिक यातना देखि लिएर मानसिक यातनाको पिडा भोगेका अवस्थामा पनि अधिकार प्राप्ति आन्दोलनलाई संखनाद गरे ।
महान नायक गजेन्द्र बाबुले देखाएका तथा गरिएका आन्दोलनहरुको उपजको स्वरुपमा आज मधेश र मधेशीले धेरै उपलब्धीहरु पाएका छन् । वहाँको प्रेरणाबाट मधेशको लडाईमा अहिले मधेश वादका पार्टीहरु राजपा र समाजवादी तथा सिके राउत जस्ता पार्टी तथा नेताहरुको नेतृत्व गर्ने तथा आन्दोलनहरु गर्ने अधिकार प्राप्तिको लडाई गर्ने लगायत दुई ओटा मधेश आन्दोलनको सिर्जना हुने जस्ता सवालहरु उहाँले मार्ग दिशाबाट निर्देशित भएका छन् । आज महान नेता गजेन्द्र बाबु हाम्रो सामु नरहे तापनि उहाँले थालिएका आन्दोलनको बिजहरुको कारणले गर्दा मधेशीहरु आफ्नो अधिकारको माग सुनिश्चित गर्न र राज्यमा मधेश र मधेशी पिडित उत्पीडन भोगिरहेका कुरा देश विदेशले पनि जान्न सफल भएको छ । उहाँको प्रेरणाबाट भर्खरै ६ महिनासम्म चलेका महान मधेश आन्दोलनले उपलब्धीमुलक आन्दोलनको रुपमा सार्थक पाएका जसको परिणाम प्रदेश दुईकोमा मधेशी बाहुल्यता रहेको पार्टी रहेको सरकार बन्न सफल भए । स्थानीय निकायमा राजपा र समाजवादीको बर्चश्व मधेशमा पाए । संघीय सरकारमा राजपा र समाजवादीले राष्ट्रिय पार्टी बन्न सफल भए तर उहाँले देखाएको दिशा निर्देशहरुको पालना अहिले मधेशी दलहरु मधेशी नेताहरु गरिरहेको छ भने विश्वास गर्न सकिरहेको छैन । मधेशको महान आन्दोलनमा सैयौ विर मधेशी सपुतहरुको बलिदानी हजारौंको संख्यामा मधेशी सपुतहरुको घाइते हुनु तथा सैयौं संख्यामा राज्यबाट उत्पीडन भोगी मुद्दा खेपी रहेको अवस्था देखिन्छ । तर मधेश आन्दोलनहरुले दिएका जनादेशहरुको सम्मान शासक वर्गहरुले अहिलेसम्म दिएको छैन । मधेश आन्दोलन तथा मधेशीको मर्म भावना विपरित राजपा र समाजवादीले नेकपा जस्तो पार्टीहरुसँग तालमेल गर्नु, सरकारमा जानु र उहाँहरुसँग हात मिलाउनु मधेशी वीर सहिदहरुको अपमान गर्नु जस्तो मधेशी जनताहरु महसुस गर्न थालिएका छन् । मधेश नायक गजेन्द्र बाबुले सद्भावना परिषदको स्थापना सँगै नेपाल सद्भावना पार्टीको निर्माण गरी एक मात्र मधेशी पार्टीको रुपमा स्थापित गरेको अवस्थामा मधेशी भाषा, मैथिली र हिन्दीलाई राज्यमा सम्मानको भाषाको रुपमा प्रयोग गर्नु लोकसेवा लगायत राज्यका हरेक निकायमा मधेशीहरुको साझेदारी समानताका रुपमा हुनुपर्ने संविधान सभाबाट संघीयताको निर्माण हुनुपर्ने जस्ता आवाजहरु उठाएको अवस्थामा आज उहाँले उठाएका आवाजहरु उहाँले गरेका संघर्षहरु कतिपय सफलताको दिशातिर उन्मुख भएका छन् भने उहाँले देखेका सपनाहरु अहिले पनि अधुरो रहेका छन् । उहाँले सिर्जित गरेका निर्माण गरेका नेताहरु मधेशवादको अवधारणाको लडाईमा सबल रुपमा देखिता पनि सधैं साताको लोभ र लालचमा परि मधेशी पार्टीहरुलाई फुटाउने जुटाउने काम नेताहरुबाट हुँदै गए । उहाँको मार्गमा चल्ने अहिले पनि कतिपय नेता मधेशवादको अवधारणालाई विर्सि नेकपा तथा काँग्रेस जस्ता पार्टीहरुसँग हातोमालो गरी मधेशवादको आवाजहरुलाई बुलन्द गर्नुको साटो उहाँहरुको आवाजको आवाज मिलाउन थाले । महान मधेश आन्दोलनले दिएका दिएका जनादेश संविधान संशोधन, नागरिकता समान्ता, समान्ताको हक, राज्यमा साझेदारीका मुद्दाहरुलाई थाँती राखी भोलीका कटर विरोधी पार्टी, नेकपा एमाले र माओवादी, माओवादीको गठबन्धन भई निर्माण भएका नेकपा पार्टीसँग नजिकदै जानु मधेशको लागि दुर्भाग्यपूर्ण अवस्था सिर्जना हुनु बेर लाग्ने छैन । हामी आन्दोलनको लडाई लडिरहेका छौ, हामी समानताको लडाई लडिरहेका छौ, हामी वर्षौ देखि उत्पीडनमा परी दास बनी, शासक वर्गहरुको शोषणको सिकार विरुद्ध लडाई थालिएका छौ । हाम्रो लडाईमा अधिकार प्राप्तिको लडाई हुने अवस्थामा हामी सम्झौता तिर जानु लडाईहरुलाई कमजोर पार्ने षड्यन्त्र भईरहेका छौ । मधेशी दल, मधेशका नेताहरुलाई शासक वर्गहरुले षड्यन्त्रको घेरामा पार्न सफल भईरहेको छ ।
अधिकार प्राप्तिको लडाईहरु, आन्दोलनहरु, मधेशी दल, मधेशी नेताको नेतृत्वमा ३–३ वटा मधेश आन्दोलन भएको छ । सबै आन्दोलनहरुको सम्बोधनको लागि राज्य पक्षले वार्ता गरी वार्ताहरुलाई बेवास्ता गरी एउटा पनि वार्ताबाट भएका सहमतिहरुलाई पालना गरेको छैन । जसले हामी माथि सैयौ वर्ष देखि दमन शोषण गरिरहेको छ । ऊ हामीलाई सजिलैसँग अधिकारको प्राप्तिको वातावरण बनाउन अवस्थाको सिर्जना गर्न दिने छैन । यो कुरा मधेशी दल र मधेशका नेताहरुलाई बुझ्नुपर्ने अवस्था देखिन्छ । मधेशका जनताहरुले आफ्ना प्रेरणाका श्रोत, मधेश नायक, गजेन्द्रनारायण सिंहलाई मान्दै गईरहेको अवस्थालाई वहाँको अवधारणाहरुबाट संचालित आन्दोलनहरुबाट आफ्नो ज्यानको प्रवाह गरी सहिद तथा वीर सपुतहरुले वलिदानी दिँदै आएका छौ । त्यस्ता बलिदानीहरुको सम्मान गर्नु मधेश नायक गजेन्द्र बाबुले देखाएका अवधारणाहरुलाई आत्मसात गर्नु मधेश आन्दोलनहरुले दिएका जनादेशहरुलाई सम्मान गर्नु र मधेश र मधेशीको अधिकार प्राप्तिको लागि मधेश नायक, गजेन्द्र बाबुले देखाएका बाटो, आत्मसात गर्नु निस्वार्थ निडर भई आन्दोलनहरुको जनादेशलाई संस्थागत गर्नु गजेन्द्र बाबुले गरेका आन्दोलनहरुबाट भएका उपलब्धीहरुलाई संस्थागत गर्नु जस्ता सवालहरु अहिले मधेशका चिन्तन गर्ने मधेशी दल मधेशी नेताहरुको कतृव्य र दायित्व रहेको अवस्थामा केही क्षणिक स्वार्थको लागि मधेश र मधेशीको आन्दोलनलाई बिचल्नमा पार्नु मधेश दलको ठूलो भूल हुने छ । तसर्थ वीर गजेन्द्रले देखाएका बाटोहरु गरेका संघर्र्षहरुो आत्मसात गरी अगाडी बढ्नुपर्ने मधेशी र मधेशीका महापुरुष वीर गजेन्द्र प्रति सच्चा श्रद्धाञ्जली हुने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ