News Category 2076/10/12
झुम्कालाई मेयर कपको उपाधी
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा आइतबार सम्पन्न मेयरकप २०७६ फुटबल प्रतियोगिताको फाइनल खेलमा त्रियुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरीलाई पराजित गर्दै रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले उपाधी हात पारेको छ ।
फाईनलमा त्रियुगा स्पोर्टस क्लब फतेपुर सप्तरीलाई टाईब्रेकरमा चारका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै झुम्का सुनसरीले सो उपाधी हात पारेको हो । खेलको निर्धारित समयमा कुनै टीमबाट गोल हुन नकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो ।
उपाधीसँगै झुम्काले नगद ५५ हजार नगद तथा शिल्ड हात परेको छ भने फत्तेपुरले ४५ हजार पाएको छ । यता प्रतियोगिताको उत्कृष्ट खेलाडी फत्तेपुरका सम्युन राई घोषित भए ।
प्रतियोगिता पश्चात् आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रदेशसभा सदस्य मोहम्मद समिम, शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कविता कुमार चौधरी, प्रमुख प्रशासकीय अधिकृत मातृका दंगाल, आयोजक खेलकुद समितिका अध्यक्ष धनिकलाल चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा पुस २७ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न १४ क्लबको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ