News Category 2070/12/18
सप्तरीमा तीन दिनदेखी लगातार आगलागी ६ गाविसमा आगलागी हु“दा २ करोड भन्दा बढी क्षति
नवीनकुमार गुप्ता
राजविराज, १७ चैत ।
सप्तरीमा तीन दिनदेखी चलेको हावाहुरीका कारण ६ गाविसमा आगलागी हुँदा २ करोड भन्दा बढीको क्षति भएको छ ।
सोमबार बिहान सप्तरीको तिलाठी गाविस वडा नं. ४ र ७ मा आगलागि भएको छ । बिहान ९ बजे आगलागि हुँदा १९ परिवारको २९ घर जलेर नष्ट हुँदा ४४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तिलाठी गाविस– ४ निवासी बौकु सुतिहारको घरबाट बिहान ९ बजे सल्केको आगो फैलिएर भएको आगलागीमा राम सुतिहार, सुकदेव सुतिहार र नन्दलाल यादव लगायत स्थानिय १९ परिवारको २२ घर र ७ गाइगोठ जलेर नष्ट भएको छ । आगो बिहान ११ बजेमात्र नियन्त्रणमा आएको थियो ।
आगलागीमा स्थानीय १९ वर्षिय उमेश सुतिहार र १७ वर्षिया सिता सुतिहार घाइते भएकी छिन् । उनीहरु दुबैलाई प्रहरीको उद्धार टोलीले उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरेको छ ।
सोमबारै बिहान ढोल बजाएर आगलागिबाट बच्न र कसैले घुर नबाल्न सचेतना जगाउन भनिरहँदा सोही समयमा आगलागि भएको स्थानियवासीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यको नेतृत्वमा गएको उद्धार टोली, राजविराज नगरपालिकाको बारुणयन्त्र, स्थानियवासी र नेपाली सेनाको टोलीले आगोलाई नियन्त्रणत्रणमा लिएको थियो ।
यसअघि आइतबार बेलुका ५ बजे सप्तरीको विषहरिया गाविस ९ स्थित सिग्यिौन टोलमा भिषण आगलागि हुँदा २९ परिवारको ७३ घर जलेर नष्ट भएको छ ।
आगलागिमा १ करोड १५ लाख ६५ हजार मुल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीय लक्षण मण्डलको घरबाट अचानक सल्केको आगोले सो टोलका सम्पूर्ण घरहरु पूर्ण रुपले जलेर नष्ट भएको हो ।
आगलागिमा कलेश्वर मण्डल, फुलेश्वर मण्डल, महेन्द्र मण्डल, उपेन्द्र मण्डल, तुलाई मण्डल, रामकेवल मण्डल, भुलाई मण्डललगायतको घरहरु जलेर नष्ट भएको छ । आगलागिमा कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगो निभाउने क्रममा प्रहरी जवान अजित कर्ण घाइते समेत भएको प्रहरी उपरिक्षक अमात्यले जानकारी दिनुभयो ।
राजविराजबाट गएको बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियवासी लगायतले करिब अढाई घण्टा पश्चात् बेलुका ७ बजेमात्र आगोलाई नियन्त्रणमा लिएको थियो ।
यसअघि शनिबारमात्र सप्तरीको छुट्टाछुटै तीन गाविसमा शनिबार दिउँसो भएको आगालगीमा ४२ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
जिल्लाको औरही गाविस ७ स्थित कटैया टोलमा दिउँसो २ बजेतिर भएको आगलागीमा १० परिवारको १७ वटा घर, जिल्लाको बरहीविरपुर गाविस ४ स्थित दुई घर र भगवतपुर गाविस ४ स्थित ५ परिवारको ७ वटा घर जलेर नष्ट हुँदा करिब ४२ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागी घरमा रहेका खाद्यान्न, नगद तथा जिन्सी गरी करिब २२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
यस्तै विरपुर गाविस ३ स्थित हाटि टोलमा लागेको आगलागीबाट चार घर जलेर नष्ट हुँदा ९ लाख बराबरको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ