News Category 2070/12/19
हिन्दु धर्मलाई समाप्त पार्र्न तीन शक्ति लागि परेका छन् ः सिंघल
दैनिक संवाददाता
राजविराज, १८ चैत ।
बिश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय संरक्षक अशोक सिंघलले बिश्वबाट हिन्दुधर्मलाई समाप्त पार्न इसाई, इस्लामिक र कम्युनिष्ट शक्ति गरी तीन शक्ति लागि परेको बताउनुभएको छ ।
सप्तरी सदरमुकाम राजविराज मंगलबार साँझ आईपुग्नु भएका संरक्षक सिंंघलको सम्मानमा स्थानिय साह धर्मशालामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्नुहुँदै सिंघलले बिश्वबाटै हिन्दुधर्मलाई बिस्थापन गर्न नेपालाई धर्मनिरीपेक्ष राष्ट्र बनाईएको आरोप समेत लगाउनुभयो ।
नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुर्नस्थापित गराउन नेपालका हिन्दुधर्मालम्बीहरु एकजुट भएर संघर्ष गर्नुको बिकल्प नरहेको बताउनुहुँदै ८८ वर्षिय सिंघल बिश्वबाट हिन्दु धर्मको अस्तित्व समाप्त पार्न रातारात नेपाललाई धर्मनिरीपेक्ष राष्ट्र घोषणा गरिएको बताउनुभयो ।
जातजाती, सम्प्रदायिक, भाषा र संस्कृति रुपमा बिभाजित हिन्दु समाज एकजुट नभए हिन्दुधर्मको अस्तित्व समाप्त हुने बताउनुहुँदै सिंघलले जातजाती, सम्प्रदायिक, भाषा र संस्कृति भन्दामाथि उठेर हिन्दुधर्मको रक्षाका लागि हिन्दुप्रेमीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा बिश्व हिन्दु परिषद् नेपालका अध्यक्ष डा. शशी थापाले ९० प्रतिशत हिन्दुधर्माबलम्बीहरु माथि आक्रमण गरी नेपाललाई धर्मनिरीपेक्ष राष्ट्र बनाइएको आरोप लगाउँदै त्यसबिरुद्ध हिन्दुप्रेमीहरु संघर्ष गर्नुपर्ने बताउनुभयो ।
बिश्व हिन्दु परिषद् सप्तरीका अध्यक्ष जोगेन्द्र भगतको अध्यक्षतामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बिश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय संरक्षक अशोक सिंघललाई हिन्दुप्रेमी तथा नागरिक समाजले अभिनन्दन गरेका छन् ।
नागरिक अभिनन्दन कार्यक्रममा नागरिक समाजका तर्फबाट पुर्वप्रअ बिजयानन्द झाले नागरिक अभिनन्दन पत्र प्रदान गर्नुभयो भने सनातन हिन्दु धर्म सप्तरीका अध्यक्ष झुमरमल्ल मुन्धडा, ठाकोदेवी भगत, उद्योगपति सिताराम कावरा लगायतले संरक्षक सिंघललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो भने राजयोग सेवा केन्द्रका तर्फबाट इश्वरीय सौगात प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ