News Category 2076/10/17
छोरीप्रति प्रदेश २ सरकारको विशेष ध्यान, स्वागतयोग्य
प्रदेश २ सरकारद्वारा छोरीहरुलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले संचालित बेटी पढाउ, बेटी बचाउ अभियान प्रशंसनीय र स्वागतयोग्य कार्य रहेको छ । यसले छोरीहरुका लागि निकै नै फलदायक साबित हुने विश्वास लिइएको छ । प्रदेश २ का छोरीहरुलाई भविष्यमा शिक्षा हासिल गर्न कुनै कठिनाई नहोस् र उनीहरु उच्च शिक्षा हासिल गरेर आफ्नो भविष्य आफै उज्जवल गर्न यस्ता अभियनाले ठूलो सहयोग पुग्ने छ । यस प्रदेशमा छोरी जन्मिनुलाई खासै महत्व नदिने र उनीहरुको शिक्षामा खासै ध्यान नपु¥याउने अभिभावकलाई समेत यस्ता अभियानले उर्जा प्रदान गरेको छ । २०७५ साल माघ १ गतेदेखी जन्मेका र जन्मने सम्पूर्ण छोरीहरुलाई प्रदेश सरकारले पहिला १ लाख शिक्षा बिमाको योजना ल्याएकोमा अहिले आएर त्यसलाई तेब्बर अर्थात तीन लाख पु¥याएर छोरीहरुका लागि प्रदेश सरकारले निकै महत्व दिएको छ ।
यसरी छोरीहरुको शिक्षा दिक्षामा प्रदेश सरकारले दिएको महत्व अहिलेसम्मकै अविस्मरणीय कदम समेत हो । यस्ता कार्यले प्रदेश सरकारप्रति सबै धन्यवाद दिनैपर्छ । जहिले पनि कुनै पनि सरकारले विकास र राजनीतिक मुद्दालाई प्राथमिकतामा राखेर कार्य गरिरहेकोमा प्रदेश २ सरकारको यस्तो साहसिक कामले सबैले मनन् गर्नुपर्दछ । यसरी विकासीय कार्य तथा अन्य कार्यलाई समेत अगाडी बढाउँदै छोरीहरुको बारेमा गम्भिरतापूर्वक चासो दिएर प्रदेश सरकारले गरेको कार्य अत्यन्त सहनिय रहेको छ ।
तसर्थ मुलुकको अन्य प्रदेश सरकारले पनि छोरीहरुको शिक्षादिक्षामा बिशेष ध्यान दिएर उनीहरुको उज्जवल भविष्यप्रति सचेत हुनु जरुरी छ भने यस्ता कार्यको सबैले प्रोत्साहन र सहयोग गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ