News Category 2076/10/22
घुस लिएको आरोपमा मुद्दा
काठमाडौँ, २१ माघ (रासस) ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिराहाका इञ्जिनीयर नवीनकुमार साह र सवइञ्जिनीयर वीरेन्द्रकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार उनीहरुले सेवाग्राहीसँग रुपनी–राजविराज–कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बाहाना बनाइ रु १५ लाख ९६ हजार घुस लिएका थिए । आयोगको बर्दिवासबाट गएको टोलीले उनीहरुलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले घुस वापत लिएको रकम बराबरको बिगो असुल गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
यस्तै सडक डिभिजन कार्यालय लहान, सिरहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साह विरुद्धसमेत मंगलबारै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको टोलीले साहलाई रु तीन लाख घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानीका क्रममा साहले घुस माग गरेको आयोगले जनाएको छ ।
यस्तै आयोगले जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीले नेपाल भारत सीमा क्षेत्रबाट सामान ल्याउन सहज गरिदिने भन्दै रु एक लाख ५० हजार घुस माग गरेको अभियोगमा पक्राउ गरेको आयोगले जनाएको छ । आयोगले नायब सुब्बा अन्सारीले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस माग गरेको आरोप लगाएको छ ।
आयोगले अन्सारीलाई सोमबार पक्राउ गरेको भए पनि थप अनुसन्धानपछि आज मात्रै सार्वजनिक गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ