News Category 2070/12/20
सभासद् अशोक मण्डल विरुद्धको उजुरीमा सक्कल फाइल झिकाउन अदालतको आदेश
दैनिक संवाददाता
काठमाडौँ, १९ चैत ।
सभासद् अशोककुमार मण्डल विजयी भएको सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत को. बर्साइन गाविसस्थित राजाजी राप्रावि मा भएको निर्वाचन रद्द हुनुपूर्व बुझाइएको मतपत्रलगायतका कागजात झिकाउन पनि संबिधानसभा अदालतले आदेश दिएको छ ।
उक्त अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले सप्तरी जिल्ला क्षेत्र नम्बर २ को निर्वाचन सम्बन्धि बदरको माग गर्दै निर्वाचन आयोगको सो निर्देशनको सक्कल फाइल, निर्वाचन अधिकृतले लेखेको पत्रको सम्बन्धमा आयोगबाट भएको कारबाही र को. बर्साइन गाविसस्थित राजाजी रा प्रा वि मा भएको निर्वाचन रद्द हुनुपूर्व बुझाइएको मतपत्रलगायतका कागजात झिकाउन पनि आदेश दिएको हो ।
सभासद् मण्डलका निकटतम् प्रतिद्वन्दी सद्भावना पार्टीका रामबाबु साहले गर्नुभएको उजुरीका आधारमा अदालतले सो आदेश दिएको हो ।
यस्तै नेकपा (एमाले)का वरिष्ठ नेता तथा सभासद् माधवकुमार नेपालविरुद्ध निर्वाचन बदर गरिपाउँ भन्ने उजुरीमा संविधानसभा अदालतले निर्वाचन आयोगकोे निर्देशनको सक्कल फाइल र हवाइफायरसम्बन्धी विवरण पेस गर्न आदेश दिएको छ ।
आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई जारी गरेको १० बुँदे निर्देशनको सक्कल फाइल आयोगबाट झिकाउन र रौतहट जिल्लाको मत्सरी गाविसस्थित संस्कृत उच्च माविको मतदान केन्द्र (क) र (ख) मा भएको हवाइफायरको कारण र परिणामको विवरण झिकाउन आदेश जारी गरेको हो ।
सभासद् नेपालका निकटतम् प्रतिद्वन्द्वी अजयकुमार गुप्ताले आयोगको निर्देशनको पालना नभएको र उक्त निर्वाचन केन्द्रमा हवाइफायर गरी मतदानमा धाँधली गरेकाले निर्वाचन बदर गर्न माग गर्दै गत मङ्सिर २३ मा उजरी गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ