News Category 2070/12/20
सभासद् अशोक मण्डल विरुद्धको उजुरीमा सक्कल फाइल झिकाउन अदालतको आदेश
दैनिक संवाददाता
काठमाडौँ, १९ चैत ।
सभासद् अशोककुमार मण्डल विजयी भएको सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत को. बर्साइन गाविसस्थित राजाजी राप्रावि मा भएको निर्वाचन रद्द हुनुपूर्व बुझाइएको मतपत्रलगायतका कागजात झिकाउन पनि संबिधानसभा अदालतले आदेश दिएको छ ।
उक्त अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले सप्तरी जिल्ला क्षेत्र नम्बर २ को निर्वाचन सम्बन्धि बदरको माग गर्दै निर्वाचन आयोगको सो निर्देशनको सक्कल फाइल, निर्वाचन अधिकृतले लेखेको पत्रको सम्बन्धमा आयोगबाट भएको कारबाही र को. बर्साइन गाविसस्थित राजाजी रा प्रा वि मा भएको निर्वाचन रद्द हुनुपूर्व बुझाइएको मतपत्रलगायतका कागजात झिकाउन पनि आदेश दिएको हो ।
सभासद् मण्डलका निकटतम् प्रतिद्वन्दी सद्भावना पार्टीका रामबाबु साहले गर्नुभएको उजुरीका आधारमा अदालतले सो आदेश दिएको हो ।
यस्तै नेकपा (एमाले)का वरिष्ठ नेता तथा सभासद् माधवकुमार नेपालविरुद्ध निर्वाचन बदर गरिपाउँ भन्ने उजुरीमा संविधानसभा अदालतले निर्वाचन आयोगकोे निर्देशनको सक्कल फाइल र हवाइफायरसम्बन्धी विवरण पेस गर्न आदेश दिएको छ ।
आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई जारी गरेको १० बुँदे निर्देशनको सक्कल फाइल आयोगबाट झिकाउन र रौतहट जिल्लाको मत्सरी गाविसस्थित संस्कृत उच्च माविको मतदान केन्द्र (क) र (ख) मा भएको हवाइफायरको कारण र परिणामको विवरण झिकाउन आदेश जारी गरेको हो ।
सभासद् नेपालका निकटतम् प्रतिद्वन्द्वी अजयकुमार गुप्ताले आयोगको निर्देशनको पालना नभएको र उक्त निर्वाचन केन्द्रमा हवाइफायर गरी मतदानमा धाँधली गरेकाले निर्वाचन बदर गर्न माग गर्दै गत मङ्सिर २३ मा उजरी गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ