News Category 2076/10/23
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
दैनिक समाचारदाता
सिरहा, २३ माघ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको बताएका छन् ।
सिरहाको सखुवानन्कारकट्टीमा बिहीबारदेखी सुरु भएको झण्डा मेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘तराई–मधेस बिनाको पहाड रपहाड बिनाको तराई मधेसको कल्पना गर्न सकिन्न । इतिहासदेखि नै काठमाडौं र तराई–मधेसका संस्कृति र सम्पदा अभिन्न रुपले गाँसिएका छन् ।’
उनले मधेश संगको प्रेम टुट्न नदिने भन्दै तराईका सवै जनताको माया पारेर देशको नेतृत्व समेत गरेको बताए ।
प्रदेश २ मा सिंचाईको प्रमुख समस्या रहेको भन्दै उनले कोशी–कमला डाइभर्सन निर्माणको काम चाँडै अगाडी बढ्ने बताए । त्यस्तै हुलाकी सडक समेत तिब्र गतिमा निर्माण भइरहेको र निर्माण पुरा भएपछि यस क्षेत्रमा नयाँ खुशीयाली आउने उनले जिकिर गरे ।
एक फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्नमा पार्टी सकारात्मक रहेको दावी गर्दै आवश्यकता बमोजिम संविधान परिमार्जन गर्दै लैजाने संविधानले नै व्यवस्था गरेकोले आवश्यकता बमोजिम परिमार्जन हुने कुरामा सबैलाई विश्वस्त रहन आग्रह गरे ।
मेलाको उद्घाटन समारोहमा नेकपाका केन्द्रिय सदस्य मातृका प्रसाद यादब, नेकपाका केन्द्रिय सदस्य अजय शंकर नायक, नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सांसद राम कुमार यादव, सखुवानन्कारकट्टी गापा प्रमुख केदार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । मेला १० दिनसम्म चल्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ