News Category 2070/12/21
मधुवा किरा र हुरीबतासले आ“पको मजुरामा क्षति पु¥याएपछि किसानहरु चिन्तित...
दैनिक संवाददाता
राजविराज, २० चैत ।
मधुवा किरा र हावाहुरीले आँपको मजुरामा क्षति पु¥याएपछि आँपको राजधानी मानिने सप्तरीका किसानहरु चिन्तित बनेका छन् ।
यो आँप उत्पादन हुने बर्ष भएपनि आँप फल्नु भन्दा पहिले नै मजुरामा मधुवा किरा र हावाहुरीले क्षति पु¥याएपछि किसानहरु चिन्तित बनेका हुन् ।
केही दिनदेखिको बढ्दो हावाहुरीले आँपको बोटमा फुलिएको मजुराहरु क्षतिग्रस्तको र बाँकी रहेको मजुरामा समेत अहिले मधुवा किराको प्रकोप बढेपछि चिन्ता थपिएको स्थानिय किसानहरु बताउँछन् । आँपको पकेट क्षेत्रको रुपमा पुर्व पश्चिम राजमार्गसँग टाँसिएको सप्तरीको कञ्चनपुर, रुपनगर, सितापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुर लगायत रहेका छन् ।
आँपको पकेट क्षेत्रमा मधुवा किराले मजुरामा पु¥याएको क्षति बारे प्राबिधिक टोली खटाएर स्थलगत जानकारी लिने काम भइरहेको जिल्ला कृषि बिकास कार्यालय सप्तरीका बागबानी अधिकृत सिताराम मण्डलले बताउनुभयो ।
मधुवा किरा हावा र माटोको माध्यमबाट एक बोटबाट अर्काे बोटमा सर्न गरेको बताउँदै बागबानी अधिकृत मण्डलले आँपलाई मधुवा किराबाट जोगाउन किसानहरुलाई आवश्यक परामर्शसँगै निशुल्क औषधी समेत प्रदान गरेपछि मधुवा किराको प्रकोप धेरै हदसम्म नियन्त्रणमा आएको बताउनुभयो ।
सप्तरीमा कुल ५ हजार हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुँदै आएको छ । मधुवा किरा र हुरीबतासले मजुरामा क्षति पु¥याएपनि यो बर्ष आँप उत्पादन हुने बर्ष भएकाले सप्तरीमा यसबर्ष ५ हेक्टर क्षेत्रफलमा ४० हजार मेट्रिक टन आँप उत्पादन हुन सक्ने बागबानी अधिकृत मण्डलको कथन छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ