News Category 2076/10/29
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी
दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहास्थित खेलमैदानमा सञ्चालित दशौं पचशिल्ड फुटबल प्रतियोगिता २०७६ को उपाधी मोतिगाडा उदयपुर फुटबल क्लब मोतिगाडा उदयपुरले हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न फाईनल खेलमा पानबारी फुटबल क्लब पानबारी सिरहालाई टाईब्रेकरमा २ का बिरुद्ध ३ गोलले पराजित गर्दै मोतिगाडाले उपाधी हात पारेको हो ।
निर्धारित समयमा दुबै टीमबाट गोल हुन नसकेपपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । उपाधीसँगै उदयपुरले नगद रु ५१ हजार तथा शिल्ड हात पारेको छ भने उपबिजेता पानबारीले नगद रु ३५ हजार कपमा चित बुझाएका छन् ।
प्रतियोगिताको म्यान अफ द सिरिज मोतिगाडाका प्रबिण राई घोषित भएका छन् । प्रतियोगिता पश्चात् आयोजित पुरस्कार बितरण तथा समापन कार्यक्रममा प्रतिनिधिसभा सांसद तेजुलाल चौधरी, सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
स्पोर्टस एकेडेमी सुरुङ्गा ५ कुशहाको आयोजनामा शुरु भएको प्रतियोगितामा सप्तरी र सिरहाका बिभिन्न १० क्लबको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ