News Category 2076/10/29
एनसेलमार्फत माइक्रोसफ्टले क्लाउड तथा अन्य सेवा दिने

दैनिक समाचारदाता
काठमाडौं, २९ माघ ।
एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ ।
गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बंैक, व्यवसायीक घराना, एनजिओ, आईएनजिओका २५० भन्दा बढि प्रतिनिधी तथा अधिकारीहरुका माझ एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी) का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको हो ।
यो समझदारी अन्तर्गत एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरु—अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स् उपलब्ध गराउँन आफ्नो ध्यान केन्द्रित गर्ने जनाएको छ ।
अफिस थ्रिसिक्स्टिफाइभ क्लाउडमा आधारित एक सेवा हो जसको प्रयोगले कार्यहरुमा प्रभावकारीता थप्दछ र कार्यलयमा सबैलाई अझ प्रोडक्टिभ बन्दै प्रभावकारीरुपमा एक अर्कासँग सम्पर्कमा रहन सहयोग गर्दछ । यसले जानकारीहरु पत्ता लगाउन, ज्ञानहरु बाड्न, आफ्ना सहकर्मीहरुसँग कुराकानी गर्न देखि लिएर योजनाहरु बनाई प्रशासनिक कामहरुमा लाग्ने सयम घटाई चुस्त रुपमा कार्यहरु गर्न सबल बनाउँदछ । यसले गर्दा व्यवसायहरुले आफ्नो बढि समय अझ नवीन कार्यहरुमा लगाई आफ्नो व्यवसाय अघि बढाउन सक्छन् ।
त्यसैगरी माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरहरु मार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवा हो । यो सेवा प्रयोग गर्ने कम्पनीका आईटी टिमले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफुलाई मनपर्ने उपकरण र फ्रेमवर्कहरु प्रयोग गरी व्यापकरुपमा परिचालन गर्न सक्ने जनाइएको छ ।
त्यस्तै कार्यलयभित्र एकिकृत संचार र सहकार्यलाई सघाउन माइक्रोसफ्टको अर्को नविन सेवा माइक्रोसफ्ट टिम्स् रहेको छ । कार्यलयभित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एपलिकेशन इन्टिग्रेशन जस्ता विशेषता माइक्रोसफ्ट टिम्स्मा रहेको छ । यसले कार्यलयमा फाइल स्टोरेज, च्याट र अनलाइन मिटिङको लागि चुस्त वातावरण प्रदान गर्ने एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ