News Category 2076/11/02
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक

चन्दन यादव
राजविराज, २ फागुन ।
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित जिल्ला स्तरीय अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नरेन्द्र मेमोरियल मावि बोरियाले गौतम शिशु सदनलाई १ सय ७० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
शुक्रवार प्रतिष्ठानद्वारा राजविराजस्थित रंगशालामा सुरु भएको प्रतियोगितामा टस जितेर नरेन्द्र मेमोरियल मावि बोरीयाले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय ६५ रनको विशाल योगफल खडा गरेको थियो ।
जसमा बोरियाका रबिन्द्र यादव र अखिलेश यादवले विष्फोटक ब्याटिङ्ग गर्दै दुबैले शतक प्रहार गरेका छन् । रविन्द्र यादवले ६५ बलको सामना गर्दै १६ चौका र २ छक्काको मद्दतले अविजित १ सय ६ रन जोडेका थिए भने अखिलेश यादवले ३८ बलको सामना गर्दै १८ चौका र ३ छक्का प्रहार गर्दै अविजित १ सय २ रन बनाएका थिए । त्यस्तै सुरज दासले १६ रन जोडेका थिए । यता बलिङ्ग तर्फ शिशु सदनका सुजल श्रेष्ठ र मनु दासले १ विकेट हात पारेका थिए ।
जवाफमा गौतम शिशु सदनले १६.५ ओभरमा सबै विकेट गुमाई ९९ रन मात्र जोड्न सक्यो । जसमा सुजल श्रेष्ठ २३ रन सिद्धार्थ परियार र ओम श्रेष्ठले समानिय १७÷१७ रन जोड्नु बाहेक अरु खेलाडीले दोहोरो रन पार गर्न सकेन । शिशु सदनका खेलाडीलाई सस्तैमा आउट गर्न रबिन्द्र यादव र पवन मण्डल समान ३÷३ विकेट तथा अमन चौधरी २ विकेट, अशोक यादव १ विकेट हात पारेका थिए ।
उक्त अवसरमा राजविराज वडा नं. १६ बोरियाका अध्यक्ष बुचाई दासले खेलको म्यान अफ द म्याच विजयी टिमका रबिन्द्र यादवलाई पुरस्कार प्रदान गरेका थिए ।
यसअघि प्रतियोगिताको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले ब्याटिङ्ग तथा प्रिन्सिपल विजयानन्द झाले बलिङ्ग गरी उद्घाटन गरेका थिए । आयोजक समितिका अध्यक्ष ई. ईन्द्र नारायण देवको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसाली, बरिष्ठ पत्रकार शिवहरी भट्टराई, प्रिन्सिपल कमानन्द देव, क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादव लगायतले बोल्दै खेलाडीहरुले आफुलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी खेल्नुपर्ने सुझाएका थिए ।
फागुन १० गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १८ वटा सामुदायिक तथा निजी विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिताको माध्यमबाट विद्यालयहरुमा लुकेर बसेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले क्रिकेट विकास प्रतिष्ठान सप्तरीको आयोजनामा पहिलो पटक उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/14 रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
- 2082/02/14 सडक निर्माणको माग गर्दै सडक जाम
- 2082/02/14 गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
- 2082/02/13 वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
- 2082/02/13 नक्कली मान्छे र कागजात खडा गरि अर्कैको नाममा जग्गा नामसारी गराइएको भन्दै छानबिनको माग
- 2082/02/13 युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
- 2082/02/13 मधेश प्रदेश लिगमा सप्तरी फाईनलमा प्रवेश
- 2082/02/12 योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
- 2082/02/12 नवजात शिशुको शव फेला
- 2082/02/12 मन्त्री लेखीद्वारा चार पूर्वाधार विकास योजनाहरूको शिलान्यास र दुई योजना निरीक्षण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ