News Category 2076/11/03
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
राजविराज÷प्रदेश स्तरिय ८ देखि १३ वर्ष उमेर समुहको फुटवल प्रतियोगितामा भाग लिन सप्तरीका बाल खेलाडीहरु शनिबार सिरहाको कर्जन्हा नगरपालिकाको बस्तीपुर प्रस्थान गरेका छन् ।
जिल्ला फुटवल संघ तथा राजविराज वडा नं. ८ कार्यालयले संयुक्त रुपमा बाल खेलाडीहरुलाई विदाई गरेको हो ।
विदाई कार्यक्रममा जिल्ला फुटवल संघ सप्तरीका उपाध्यक्ष एवं प्रशिक्षक राजकुमार परियार, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज कुमार माझी, वडाध्यक्ष जयनारायण मण्डल, एन्फा प्रशिक्षक रमेश श्रेष्ठ, पत्रकार राजु विश्वकर्मा, नविन गुप्ता लगायतले उत्कृष्ट प्रदर्शनको शुभकामना दिएका थिए ।
शनिबारै देखि बस्तीपुरमा ३ दिन सम्म संचालन हुने प्रतियोगितामा ८ देखि १३ वर्ष उमेर समुहका छात्र तर्फ २८ र छात्रा तर्फ १४ गरी ४२ जना बाल खेलाडीले सप्तरीबाट प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा प्रदेश २ का ८ वटै जिल्लाका बाल खेलाडीको सहभागीता रहेको छ । प्रतियोगितामा छनोट भएकालाई राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराई तथा त्यहाबाट छनोट भएकालाई एन्फाको एकेडेमीमा राख्ने कार्यक्रम रहेको एन्फा प्रशिक्षक रमेश श्रेष्ठले जानकारी दिए ।
विद्यालयका बालबालिकालाई ग्रासरुट फुटवल कार्यक्रम मार्फत प्रशिक्षित गराईएको र त्यसबाट छनौट गरी प्रदेश र राष्ट्रीय स्तरमा प्रतिस्पर्धा गराउने एन्फाको योजना अनुसार यस जिल्लाबाट ४२ जना बाल खेलाडी तयार पारिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ