News Category 2076/11/04
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
कोका–कोला विश्वको एक अग्रणी पेय पदार्थ कम्पनीले ४ दशक अगाडि आफ्नो पहिलो बोटलिंग प्लान्ट नेपालमा स्थापना गरेको थियो । काठमाडौंस्थीत बालाजु अद्योगिक क्षेत्रमा रहेका बोटलर्स नेपाल लिमिटेड, कम्पनीको पहिलो स्टेट–अफ–आर्ट कारखाना हो जुन देशभरका उपभोक्ताहरुलाई आइकनिक रेन्जको उच्च गुणस्तरीय, रिफ्रेसिंग पेय पदार्थका सेवा प्रदान गर्न १९७९ मा शुरु गरिएको थियो । पछिल्लो ४० वर्षमा, कोका–कोलाले आफ्नो लोकप्रिय ब्राण्ड–कोका–कोला, जिरो कोक, स्प्राईट, फान्टा र किन्लेको नाबाटकार्बोनेटेड नन–अलकोहलिक पेय पदार्थ, फलफुलको जुस, पिउने पानी, उत्पादन, बिक्री, वितरण र आपूर्तिमार्फत नेपाली उपभोक्ताहरुलाई निरन्तर रिफ्रेस गरिरहेको छ ।
कोका–कोलाले स्थानीय समूह, नागरिक समुदाय र सरकारी एजेन्सीहरुसँग सहकार्य गरेर ब्राण्डप्रतिको माया अभिवृद्धि गर्दै, एक उद्देश्यका साथ व्यवसाय संचालन गर्न र नेपालका समुदाय र राष्ट्रसँगै निरन्तर अगाडी बढिरहन प्रतिबद्ध रहेको छ । यो संस्थाको कोर दिर्घस्थायित्व लक्ष्यहरु यूएन दिर्घस्थायित्व विकास लक्ष्य जस्तै पानी भण्डारण, प्याकेजिंग फोहोर रिकवरी, महिला सशक्तिकरण, युवा सशक्तिकरण र उर्जा उपयोग घटाउने रहेको छ र अझ राम्रो समुदाय र जीवनका लागि निरन्तर यी लक्ष्यहरु र दिगो पहलमा केन्द्रित रहनेछ ।
कोका–कोला कम्पनीको “वल्र्ड विथआउट वेस्ट” दृष्टिकोण अन्तर्गत कोका–कोला नेपालले हिमालयन क्लाइमेट इनिसिएटिभ र जीआईजेडसँग पीईटी रिकलेक्सन सोसल इन्टरप्राइजका लागि काम गरिरहेको छ जसले काठमाडौंमा जिम्मेवार पीईटी वेस्टरिसाइकिलंगका लागि प्रत्सोहान गर्दछ । यसले चितवनमा कटिङ ऐज रिकवरी र रिसाइकिलंगहब मार्फत पीईटी बोटल रिसाइकिलंग गर्न क्रियसनसँग साझेदारी गरेको छ । डब्लूडब्लूएफ नेपाल, वाटर एड, नेपाल र स्मार्ट पानी जस्ता संस्थाहरुसँग कम्पनीको बहु–साझेदारीले नेपालको जलस्रोत र समुदायको जीविकालाई सुरक्षित राख्नुका साथै पानीको दिगो उपयोग, आजीविकाको वृद्धि र फ्रेस जलस्रोत संरक्षण सुनिश्चित गर्न मद्दत गरिरहेको छ ।
यस उपलब्धीका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो, “हामीगर्व गर्दछौं कि नेपालमा विगत चार दशकमा हामीले नेपाली उपभोक्ताहरुको मागलाई बुझेर सफलता प्राप्त गरिरहेका छौं । हाम्रो कार्यहरु र हामीले जे गर्छौ सबैमा हामीले नेपाली समुदायको विकास र समृद्धिलाई दिमाखमा राख्छौ र त्यसपछि समुदायको हितका लागि उच्चमूल्य प्रदान गर्न निरन्तर र जोडदार रणनीति बनाउछौं । हामी आगामी दशकमा उपभोक्तहरुसँग अझ बढि जोडिन र उनीहरुको चाहना र जीवनशैली अनुरुप विभिन्न प्रकारका पेय पदार्थहरु प्रदान गर्नेछौं ।”
कोका–कोला नेपाल बोटलिंग संचालनको सन्दर्भमा नवप्रर्वतनमा पनि अग्रणी बनेको छ र सन् २०१९ मायसले नयाँ प्रोडक्शन लाइन–एएसएसपी (अफोर्डेबल स्मल स्पार्कलिंग प्याकेजिंग) सार्वजनिक गरेको छ र नेपाल, कोका–कोलाको यो प्रविधि शुरु गर्ने विश्वभर तेस्रो मार्केट हो । एएसएसपी यस्तो प्रविधि हो जसले कोका–कोलालाई उच्च गुणस्तरीय, हलुका प्लास्टिक बोटल उत्पादन गर्न र प्लास्किटको उपयोग घटाउन सक्षम बनाउछ प्लाज्म्याक्स कोटिङ प्रविधिको प्रयोगबाट प्याकेजेड उत्पादनको सेल्फलाइफ विस्तार गर्ने यो पेय पदार्थ उत्पादन उद्योगमा भएको पछिल्लो हाई–टेक इक्युपमेन्ट हो ।
नेपालमा समुदाय–लक्षित व्यवसाय निर्माण गर्ने लक्ष्यमा, कोका–कोलाले देशमा उल्लेखनिय रोजगारी सृजना गरेको छ र हाल प्राथमिक र सब्सिडीयरी बोटलिंग प्लान्टमा ६०० भन्दा बढि व्यक्ति कार्यरत छन् । आर्थिक रुपरेखा भित्र मूल्य उत्पन्न गर्न र सर्कुलर अर्थव्यवस्था स्थापना गर्न कम्पनीले नेपालबाटै कच्चा पदार्थ र प्याकेजिंग सामग्रीको स्रोत जुटाउनका लागि सक्दो प्रयास गर्दछ । कोका–कोला नेपालले महिला खुद्रा विक्रेताहरुलाई आफ्नो सपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस् (स्टार) मार्फत महिला उद्यमीहरुलाई व्यवसायीक सीप, ट्रेनिङ प्रदान गर्दछ जसले आर्थिक सशक्तिकरण र उनीहरुले सामना गर्ने अवरोधलाई तोड्न मद्दत गर्दै महिला सशक्तिकरण गर्दछ ।
कोका–कोला कम्पनीको फराकिलो दायराका उत्पादनहरु र राष्ट्र निर्माण र समाजमा केहि योगदान पु¥याउने प्रयासमा सफलतासँगै कहि कम्पनीहरुले कोका–कोलाको उत्पादनहरु जस्तै अर्थात लुक अलाइक उत्पादनहरु उत्पादन गर्ने प्रयास गरिरहेका छन् । कोका–कोला कम्पनी आफ्नो सबै ग्लोबल ब्राण्डको गुणस्तर आश्वसानको जिम्मेवारीप्रति प्रतिबद्ध रहेको छ जसले लगातार नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरीय, स्ट्यान्डराइज्ड उत्पादनहरु प्रदान गरिरहेको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा उच्च मापदण्डको गुणस्तर भएको ग्यारेन्टी गर्दछ किनकी उनीहरु आफ्ना अमुल्य उपभोक्ताहरु सुरक्षित र रिफ्रेसिंग पेय पदार्थहरुको हकदार भएको विश्वास राख्दछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ