News Category 2076/11/06
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सप्तरीको खडक नगरपालिका १० डंगराहीस्थित खेलमैदानमा सञ्चालित दशौं पचशिल्ड फुटबल प्रतियोगिताको उपाधी रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले हात पारेको छ ।
प्रतियोगिताको मंगलवार सम्पन्न फाईनल खेलमा गोलबजार स्पोर्टस क्लब गोलबजार सिरहालाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै झुम्काले उपाधी हात पारेको हो ।
प्रतियोगिताको उपाधीसँगै झुम्काले नगद रु ३५ हजार शिल्ड तथा उपबिजेता गोलबजारले नगद रु २५ हजार र कपमा चित बुझाएको छ ।
प्रतियोगिता पश्चात आयोजक बजरंग युवा क्लब डंगराहीका अध्यक्ष सुशील चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार बितरण तथा समापन कार्यक्रममा राजपा नेपाल खडक नगर समिति संयोजक नन्नु चौधरी, खडक नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष राजेन्द्र प्रसाद चौधरी, नेकपाका नेता मोहम्मद अयुब राईन, राजु ज्वर्लसका सञ्चालक रामअवतार विश्वकर्मा लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
बजरंग युवा क्लब डंगराहीको आयोजनामा गत माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, उदयपुर र सुनसरीका बिभिन्न ८ क्लबको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ