News Category 2076/11/06
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी, आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
राजबिराजमा संचालित अन्तरबिद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको अन्तिम खेलमा शिब्स र ग्लोवल स्कुल बिजयी भएका छन ।
मंगलवार सम्पन्न पहिलो खेलमा सृजना बोर्डिङ स्कुलले टस जितेर निर्धारित १७ ओभरको खेलमा १२ ओभरमा १० बिकेट गुमाई ५० रनको छिनो लक्ष्य खडा गरेको थियो । जसमा मोहम्मद आजाद १५ रन बाहेक अरू कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन ।
यता बलिंङ तर्फ गोपाल मण्डल ३ विशाल यादब ३, निरज यादब र अजय यादबले १÷१ बिकेट हात पारेका थिए ।
जवाफमा शिब्सले ४.१ ओभरका १ बिकेट गुमाई बिजय हासिल पारेको थियो । जसमा शिब्सका मिनिष यादबले २१ रन अविजित र भोला साहले अविजित १५ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच शिब्सका गोपाल मण्डल घोषित भए ।
यसैगरी मंगलबारै सम्पन्न दोस्रो खेलमा टस जितेर ग्लोवलले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर १ सय ३२ रनको योगफल खडा गरेको थियो । जसमा आकाश पटेल ३० रन, सुमन यादब २१ र रोशन यादबले १७ रन जोडेका थिए ।
बलिंङतर्फ नोवेल एकेडमीका नरेश यादब २, रंजित यादब, कमलेश यादब, रोशन यादब, बिक्रम यादबले १÷१ बिकेट हात पारेका थिए ।
प्रतिउत्ररमा नोवेलले २० ओभरमा आप्mनो ९ बिकेट गुमाई १ सय १७ रन मात्र बनाउन सकेको थियो । सो खेलको म्यान अफ द म्याच आकाश पटेल घोषित भए ।
यता नकआउट चरणको खेलबाट प्रतियोगिता भरीमा ८ वटा विद्यालय क्वाटर फाईनलमा प्रवेश गरेका छन ।
बुधबारको पहिलो खेल मोडेल बोर्डिङ र के.अ.मा.वि तथा दोस्रो खेल लिटिल ऐन्जल बोर्डिङ र दुर्गा बोर्डिङबीच हुने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ