News Category 2070/12/24
लोहजारमा एक महिलाको शंकास्पद मृत्यु
दैनिक संवाददाता
राजविराज, २३ चैत ।
सप्तरीको लोहजरा गाविस गाविसमा शनिवार राती एक महिलाको रहस्यमय मृत्यु भएको छ । लोहजारा गाविस–४ की २६ वर्षिय राजकुमारी साहको रहस्यमय मृत्यु भएको हो ।
राती ११ बजे घरमा सुतिरहेको अवस्थामा अचानक ज्यूँमा आगो लागेर चिच्याउँदै बाहिर आएकी राजकुमारीलाई तत्कालै स्थानियहरु उद्धार गरी उपचारका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक राजकुमारीको शवलाई आइतबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ ।
अहिलेसम्म राजकुमारीले ज्यूँमा आगो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै प्रहरी उपरिक्षक दिनेश अमात्यले घट्ना बारे थप अनुसन्धान भईरहेको बताउनुभयो ।
राजकुमारीको श्रीमान् र सौता बीच लामो समयदेखि बिवाद रहेकाले उनको हत्या भएको हुन सक्ने स्थानियहरुले आशंका गरेका छन् ।
यसअघि सप्तरीको बिभिन्न स्थानमा विगत एक महिनाको अबधिमा तीन महिलाको हत्या भइसकेको छ । गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसकै दिन सप्तरी सदरमुकाम राजविराज ७ निवासी ३५ वर्षिया गर्भवती नजराना खातुनको आफ्नै घरमा सुतिरहेका बेला मट्टीतेल छर्केर हत्या गरिएको थियो ।
त्यसको एक साता नबित्दै गत चैत १ गते सप्तरीको त्रिकौल गाविस–५ निवासी ४० वर्षिया निर्मलादेवी साहको आफ्नै घरमा सुतिरहेकी अवस्थामा घाँटी थिचेर तथा पेटमा छुरा प्रहार गरि हत्या गरिएको थियो ।
त्यस्तै चैत्र ५ गते बिहान राजविराज रुपनी सडक खण्ड अन्तरगत बसबिट्टी गाविस ४ स्थित सडक छेउमा रहेको पोखरीको किनारमा आँखामा धारिलो हतियार प्रहार गरेको अवस्थामा सप्तरीको बनैनिया गाविस घर भएकी ३५ वर्षिया सेवकीदेवी मण्डल शब फेला परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ