News Category 2076/11/12
गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा तिलाठी बिजयी
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सप्तरीको तिलाठि कोईलाडी गाउपालिकाको आयोजनामा आइतबारदेखी संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्र्तगतको उद्घाटन खेलमा तिलाठीले सकरपुरालाई १ बिकेटले पराजित गरेको छ ।
सप्तरी क्रिकेट संघको समन्वयमा मा.बि. कट्टीको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा सकरपुराले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ८७ रन बनाएको थियो । सकरपुराको लागि बिपुल सिंह १५ रन बाहेक कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएन ।
यता बलिंङ तर्फ तिलाठीका चन्दन कुमार झाले ३ ओभर ५ बलमा १४ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने मिहिर मिश्राले २ तथा बिष्णु मण्डल, रोशन यादव र राजन मिश्राले सामान १ बिकेट लिएका थिए ।
८८ रनको झिनो लक्ष्य लिई मैदानमा ओलेको तिलाठी ९ विकेटको क्षतिमा सो लक्ष्य पाएको थियो । तिलाठीका रोशन यादवले उत्कृष्ट ब्याटिंग गर्दै २१ बलमा २ चौक्का र २ छक्काको मद्दतले ३१ रनको योगदान दिएका थिए भने मिहिर मिश्रा र आशिक मिश्राले क्रमश ः १६ र १५ रनको योगदान दिएका थिए ।
यस्तै बलिंङ तर्फ सकरपुराका बिकास सिंहले ३ तथा अभिराम मण्डल र साकेत सिंहले सामान २ बिकेट तथा पवन मण्डलले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच तिलाठीका चन्दन झा घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत सोमवार पहिलो खेल लौनिया र कोइलाडी बिच तथा दोश्रो खेल को. बर्साइन र मन्सापुर बिच हुने गाउँपालिकाका सूचना अधिकारी राजेश झाले जानकारी दिएका छन् ।
उक्त प्रतियोगितामा तिलाठी कोईलाडी गाउँपालिकाका ८ वटै वडाका टोलिहरु सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ