News Category 2076/11/12
कोईलाडी र मन्सापुर बिजयी
दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न खेलहरुमा कोईलाडी र मंसापुर बिजय भएका छन ।
सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठी कोईलाडी गाउपालिकाको आयोजनामा संचालित क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कोईलाडीले लौनियालाई ३८ रनले तथा मंसापुरले को. मधेपुरालाई ३ बिकेटले पराजित गरेको हो ।
पहिलो खेलमा टस जितेर लौनियाले कोईलाडीलाई ब्याटिङ गर्दै १७ ओभरमा २ बिकेट गुमाई १ सय २७ रनको योगफल खडा गरेको थियो । जसमा प्रमेश्वर ५२ रन तथा गुडु २७ रन जोडेका थिए । यता बलिङतर्फ लौनियाका सुरेश कुमार रामले १ बिकेट हात पारेका थिए ।
जवाफमा लौनियाँले निर्धारित १७ ओभर खेल्दै ९ बिकेट गुमाएर ८९ रन मै सिमित भयो । टिमका लागी शिवसुन्दर मण्डल २६, मिधलेश मण्डलले १५ रन बनाएका थिए । यस्तै बलिङतर्फ कोईलाडीका गुडुले ४ बिकेट, सरोज २ तथा रोहित सिँह, रोबिन सिँह, जुगनुले १÷१ बिकेट हात पारेका थिए । खेलको म्यान अफ द म्याच गुडु घोषित भएका थिए ।
यसैगरी सोमबारै सम्पन्न दोस्रो खेलमा को. बरसाईनले १९ ओवर ५ बल खेलेर १ सय ७ रनको योगफल खडा गरेको थियो । जसमा राहुल सानी २२ राजेश दास १९ दिपेश सरदार १५ रन बनाएका थिए । बलिङतर्फ मन्सापुरका महेश मण्डलले ४ ओभरमा १९ रन दिएर ५ बिकेट हात पारेका थिए भने अजय मरिक ३, देवकि नन्दन २ बिकेट हात पारेका थिए ।
जवाफमा मंसापुरले १४ ओभर २ बलमा ७ बिकेट गुमाई बिजयी हासिल गरेका थिए । जसमा धिरज मण्डल अविजित ३८ सुबोध मण्डलले १८ रन बनाए पछि जितका लागि सहज बनेको थियो । बलिङतर्फ मन्सापुरका दिपेश सरदार, सुभाष शर्माले २ तथा विशाल शर्माले १ बिकेट हात पारेका थिए । खेलको म्यान अफ द म्याच महेश मण्डल घोषित भएको आयोजक समितिका संतोषचन्द्र सिंहले दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ