News Category 2076/11/14
गजेन्द्र नारायण सिंह क्रिकेट प्रतियोगितामा लौनिया र तिलाठी बिजयी

दैनिक समाचारदाता
राजबिराज, १४ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा लौनिया र तिलाठी बिजयी भएका छन् ।
सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा कट्टी माबिको खेल मैदानमा संचालित उक्त प्रतियोगिताको पहिलो खेलमा लौनियाले को. मधेपुरालाई २० रनले पराजित गरेको छ ।
टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै लौनियाले निर्धारित १० ओभरको खेलमा ७ बिकेट गुमाई ७० रनको योगफल तयार पारेको थियो । लौनियाका लागि दिलिप कुमार मण्डल १३, दिनेश कुमार मण्डल ११ र सरोज मण्डलले १० रनको योगदान दिएका थिए । यता बलिङतर्फ को. मधेपुराका रशिराज सिंह र धिरु यादवले २÷२ बिकेट लिएका थिए भने प्रमोद यादवले १ बिकेट लिएका थिए ।
७१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको को. मधेपुरा ६ बिकेटको नोक्सानीमा ५१ रन बनाउन सकेको थियो । जसमा आदित्य सिंहले १७, रशि राजसिंहले ११ तथा शिवशंकर मण्डलले नटआउट रहि ११ रनको योगदान दिएका थिए । बलिङतर्फ लौनियाका सुरेश राम र शिवराम मण्डलले २÷२ बिकेट लिएका थिए भने दिनेश कुमार मण्डल र धिरेन्द्र मण्डलले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच लौनियाका सुरेश राम घोषित भए ।
त्यस्तै बुधवारै सम्पन्न दोश्रो खेलमा तिलाठीले को. बर्साइनलाई २१ रनले पराजित गरेको छ । को. बर्साइनले टसजिती पहिलो ब्याटिङको लागि तिलाठीलाई ब्याटिङको लागि निम्तो दिए पछि ब्याटिंग गर्न ओर्लेको तिलाठिले बर्षाले प्रभावित खेलमा निर्धारित ८ ओभरमा ४ बिकेटको नोक्सानीमा ६७ रनको योगफल तयार पारेको थियो । तिलाठीका लागि बिष्णु मण्डलले ३२ तथा रोशन यादवले नटआउट रहि १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ को. बर्साइनका पिन्टु मण्डलले २ तथा राजेश दासले १ बिकेट लिएका थिए ।
६८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको को. बर्साइन ८ ओभरमा २ बिकेट गुमाई ४६ रन बनाएको थियो । को. बर्साइनका लागि दिपेश सरदारले नटआउट रहि २३ बलमा ३२ रनको योगदान दिएका थिए भने अन्य कसैले दोहोरो अंक छुन सकेनन् । यता तिलाठीका लागि रोशन यादव र चन्दन कुमार झाले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच तिलाठिका रोशन यादव घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत बिहिवार पहिलो खेल सकरपुरा र को. बर्साइन बिच तथा दोश्रो खेल कोईलाडी र तोपा बिच हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ