News Category 2070/12/27
सामुदायिक संस्थाहरुको संयुक्त साधारणसभा र लेखा परीक्षण कार्यक्रम सम्पन्न
दैनिक संवाददाता
राजविराज, २६ चैत ।
गरिबी निवारण कोषको सहयोगमा क्रेस नेपाल सप्तरीद्वारा जिल्लाको पातो गाविसमा सञ्चालित गरिबी निवारणका लागि आय आर्जन प्रबद्र्धन कार्यक्रम अन्तर्गत गठित सामुदायिक संस्थाहरुले बुधवार संयुक्त रुपमा बार्षिक साधारणसभा तथा समाजिक लेखा परिक्षण गरेका छन् ।
पातो गाविसमा गठित दीनारामभद्री सामुदायिक संस्था, माँ डाकनेश्वरी सामुदायिक संस्था, राजाजी सामुदायिक संस्था तथा रामरहिम सामुदायिक संस्थाले संयुक्त रुपमा आयोजना गरेको बार्षिक साधारणसभा तथा समाजिक लेखा परिक्षण कार्यक्रममा स्थानियबासी, समाजसेवी, सञ्चारकर्मी तथा संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा दीनारामभद्री सामुदायिक संस्थाकी भगमतियादेवी सदाले संस्थाको बार्षिक आयव्यय प्रस्तुत गर्दै संस्थाले रु. १० लाख १० हजार ५ सय १३ रुपैयाँको कारोवार गरेको बताउनुभयो ।
यस्तै माँ डाकनेश्वरी सामुदायिक संस्थाकी फुलेश्वरीदेवी सदाले संस्थाले १० लाख ७३ हजार ७ सय १० रुपैयाँ बराबरको कारोबार गरेको जानकारी दिनुभयो । सोही कार्यक्रममा राजाजी सामुदायिक संस्थाकी ममतादेवी सदाले ७ लाख ४ हजार ६ सय १० रुपैयाँ सामुदायिक बिकासमा लगानी गरेको बताउनुभयो । त्यस्तै रामरहिम सामुदायिक संस्थाकी संजुलादेवी खंगले ९ लाख ९८ हजार ६ सय ७० रुपैयाँ बराबरको संस्थाले कारोवार गरेको बताउनुभयो ।
सामुदायिक संस्था सञ्जालका संयोजक चन्द्रिकादेवी सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला कृषि बिकास कार्यालय सप्तरीका बाली बिकास अधिकृत बिद्यासागर यादवले गरिबी निवारणका लागि ग्रामिण भेगमा सञ्चालित कार्यक्रमहरु समाजिक बिकासमा प्रभाबकारी बनेको बताउनुभयो ।
कार्यक्रममा गाविस सचिव बिनोद ठाकुर, इलाका पशु सेवा कार्यालय पातोका प्राबिधीक राजलाल पंडित, उच्चमाविका प्रअ राजेश कुमार यादव, इलाका स्वास्थ्य चौकीका इञ्चार्ज सुरेन्द्र यादव, नागरिक वडा मञ्चका अध्यक्ष बेचु सदा, क्रेस नेपालका कार्यक्रम संयोजक राजेश लोहनी, क्रेस नेपालका कोषाध्यक्ष उपेन्द्र साह, प्रेस चौतारीका अध्यक्ष अम्बिका दाहाल लगायतले बोल्नुभयो ।
क्रेस नेपालका सहजकर्ता गहेन्द्र रमणले सहजीकरण गर्नुहभएको सो कार्यक्रममा स्थानिय सामुदायिक संस्थाका पदाधिकारहिरु रामकुमारी देवी सदा, अमेरिकादेवी सदा, सबुरदेवी सदा, देवरती देवी खंगले गरिबी निवारण कोषबाट प्राप्त भएका उपलब्धीहरु बारे बोल्नुभयो । क्रेस नेपालका सहजकर्ता संजीव रजकद्वारा सञ्चालित कार्यक्रममा अर्का सहजकर्ता प्रतिकला रसाईलीले स्वागत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ