News Category 2076/11/26
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा
दैनिक समाचारदाता
जनकपुरधाम, २६ फागुन ।
होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको पदवी यस वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरेको छ । यस्तै राजपाका महासचिव एवं प्रदेश सांसद मनिष सुमनलाई पटमुर्खको उपाधि घोषणा गरिएको छ ।
जनकपुरधामस्थित जानकी मन्दिर प्रांगणमा सोमबार भएको महामुर्ख सम्मेलनमा दुबैजनालाई महामुर्ख र पटमुर्खको घोषणा गरिएको हो ।
मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलन गर्दै आएको छ ।
त्यस्तै प्रदेश सांसद रामअशिष यादवलाई हराशंख, नेकपा प्रदेश सांसद रामचन्द्र मण्डल सिलौटा, राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई भभकौवा, जनकपुरधामकी उपमेयर रीता झालाई टुनमुसरी, पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर, मैथली विकास कोषाका अध्यक्ष जिवनाथ चौधरीलाई घरघुसना, साहित्यकार रोशन जनकपुरीलाई बेलगोवना, युव अभियन्ता सुशील कर्णलाई बेश कुल्हैर, पिपरा नगरपालिका प्रमुख विक्रम चौधरीलाई खाप सुरत, पुनम झालाई अदलबदली, बलराम साहलाई बज्रकिट उपाधि प्रदान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ