News Category 2071/01/07
नेपाल पत्रकार महासंघ सप्तरीको अध्यक्षमा चैतारीका खतिवडा बिजयी
राजविराज÷नेपाल पत्रकार महासंघ सप्तरी शाखाको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रेस चौतारीका प्रकाश खतिवडा निर्वाचित हुनुभएको छ ।
शनिबार साँझ सम्पन्न मतगणना अनुसार आफ्ना प्रतिद्वन्द्वी संयुक्त प्यानलका जितेन्द्र खड्गालाई ४ मत अन्तरले पराजित गर्दै खतिवडा बिजयी हुनुभएको हो । खतिवडाले ४५ मत ल्याउनुभयो भने उहाँका प्रतिद्वन्द्वी खड्गाले ४१ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्षमा संयुक्त प्यानलका श्रवण कुमार देवले ४७ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्रेस युनियनका अबधेश कुमार झाले ३८ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा प्रेस युनियनका ओमप्रकाश साहले २९ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकतम् प्रतिद्वन्द्वी क्रान्तिकारी पत्रकार संघका राजु विश्वकर्माले २३ मत प्राप्त गर्नुभयो ।
त्यस्तै कोषाध्यक्षमा संयुक्त प्यानलका मनोज कुमार माझीले ५७ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी प्रेस युनियनका शुभचन्द्र झाले २८ मत प्राप्त गर्नुभयो ।
यस्तै सहसचिवमा प्रेस युनियनका सुधा देव, दलित तर्फको सदस्यमा राजकुमार पासवान र महिला तर्फको सदस्यमा अम्बिका दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै मधेशी तर्फको सदस्यमा रामनारायण यादव, आदीबासी जनजाती तर्फको सदस्यमा बृजमान तामाङ बिजयी हुनुभएको छ । त्यस्तै खुल्ला सदस्य पदमा भुषण सिंह, संजिव बिक्रम साह, बिनय कुमार लाल कर्ण र चन्दन कुमार यादव बिजयी हुनुभएको छ ।
त्यस्तै केन्द्रीय पार्षद पदमा ब्याश शंकर उपाध्याय, श्यामसुन्दर यादव, राजेश कुमार झा, हेमशंकर सिंह, धीरेन्द्र प्रसाद साह, मनोहर पोखरेल, बैधनाथ यादव, सुखराम यादव, देवराम यादव, सतिश कुमार दत्त, सुरेन्द्र प्रसाद गुप्ता, भोला कुमार पासवान, गणेशलाल देव र ढमला भट्टराई बिजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत बैधनाथ झाले जानकारी दिनुभयो ।
कुल ९६ जना मतदाता रहेको नेपाल पत्रकार महासंघ सप्तरी शाखामा भएको मतदानमा ८७ जनाले मतदान गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ